Monday, June 1, 2020
Home Breaking News चितवनका काेराेना संक्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका थिए

चितवनका काेराेना संक्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका थिए

 भक्तपुर । चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए । भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दम्पती हुन् । संगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन ।

उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गर्नुभएको थिए । एम्बुलेन्स परिवर्तन गरी चितवन आइपुगेका थिए । उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए । सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । सङ्क्रमित बिहीबार आफँै परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए । उनीहरुमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ । अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । दुई थपिएसँगै चितवनमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ । रासस

(Visited 128 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)