Thursday, August 5, 2021
HomeEditor-Picksएकै पटक २१ जना कोरोना जितेर अस्पतालबाट बाहिरिए (फोटोफिचर)

एकै पटक २१ जना कोरोना जितेर अस्पतालबाट बाहिरिए (फोटोफिचर)

काखे बालकसहित २१ जना डिस्चार्ज

,
sharethis

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट फुलको बुके दिएर बिदा गरिएको थियो ।

बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईशोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये २१ जना शुक्रबार बिहान कोरोनामुक्त भएर घर फर्किएका हुन् । उनीहरु सबै जना जोलाहनपुरवाका हुन ।

उनीहरुलाई अस्पतालाट बिदा गरेपछि कोरोना अस्पतालको व्यवस्थापन सम्हालेका भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले लगातार कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आईसोलेशनबाट डिस्चार्ज गरिएको जानकारी दिए ।

खजुरामा रहेको कोरोना आईसोलेशन अस्पतालबाट देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित एकैपटक निको भएर घर फर्किएका हुन । कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुःसी थियो । स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल र कोरोना नेगेटिभ रिर्पोट दिएर अस्पताल परिसरबाट उनीहरुलाई बिदा गरेका थिए ।

सो अवसरमा पहिलो संक्रमित ६० वर्षिय पुरुषलाई भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्ड डा. थापाले उनी कोरोना मुक्त भएको रिर्पोट दिदै हातमा फुलको बुके दिदै अस्पतालबाट घरमा पुगेर आउने केही दिन कसरी सहजता अपनाउने तरिका बताएको जानकारी दिए ।

यसरी अस्पतालबाट शुक्रबार घर जानेहरुमा काखे बालकदेखि ६० वर्षका जेष्ठ नागरिक रहेका छन् । हातमा आफ्नो स्वास्थ्यको रिपोर्टसहित फलको बुके गलामा खादा लगायएर प्रसन्न मुद्रामा उनीहरु बाहिरीएका थिए ।

कोरोना संक्रमित भएर उपचारको लागि आईसोलेशन अस्पतालमा भर्ना भएर शुक्रबार डिस्चार्ज भएका एक जनाले आफुहरुको राम्रो हेरचाह भएको करण चाडै कोरोना जितेर घर जान लागेको बताए । उनले घरमा पुगेर पनि सामाजिक दुरी कायम राख्दै केही दिन होम क्वारेन्टाईनमा बस्ने बताए ।


कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा लागातार २४ घण्टाको सेम्पल झिकेर जाँच गर्दा दुईपटक कोरोना नेगेटिभ भएपछि डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई डिस्चार्ज गरिएपछि अस्पतालको गेटमै खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर, नेकपाका युवा नेता भिम ओलीलगायत पुगेका थिए ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँक ेकै पहिलो संक्रमित ६० वर्षिय बृद्ध बैशाख १९ गते र अन्य बैशाख २१ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । पहिलो संक्रमित ६० वर्षिय जेष्ठनागरिक सहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि घर फर्किएका छन् ।

बांकेमा संक्रमित संख्या १०१ मध्ये २१ जना कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका हुन । नरैनापुरका एक युबाको भने कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तस्विर : रुद्र सुवेदी

(Visited 291 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित 

  काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य...

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

ट्रेन्डिङ

बाराका तीन स्थानीय तहले बजेट ल्याउन सकेनन्

बारा । बाराको १६ स्थानीय तहले मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएर परिषद सम्पन्न गरेका छन् । १६...

चेल्सीको पुनरागमन

लन्डन । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई २–१ को जित निकाल्दै शीर्ष चारमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)