Monday, June 1, 2020
Home Breaking News हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

बैतडी । बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती युवक गत चैत ६ गते भारतको नयाँ दिल्लीबाट स्वदेश आएका बताइएको छ ।

शिवनाथ गाउँपालिका ४ की १९ बर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवकमा कोरोना पुष्टि भएको हो । ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखि उपचार गरिनेछ । यस्तै कन्ट्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

हिरासतमा रहेका ती युवकको दुई पटक आरडीटी गर्दा रिपोट नेगेटिभ आएको थियो तर पिसिआर परीक्षणमा रिपोट पोजेटिभ आएपछि जिल्लामा कोरोनाको त्रास फैलिएको छ । भारतबाट फर्केका दुई हजार जतिको आरडीटी गरिएको छ भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन् । भारतबाट फर्केका नागरिकहरुको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।

यसैबीच सुदूरपश्चिममा बैतडीका एकजना सहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा १ र कैलाली ३ जनामा पनि कोरोना पुष्टी भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । ५ जना निको भएर फर्किसकेका छन् भने ५ जनामा आज संक्रमण पुष्टी भएको हो । नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ ।

(Visited 230 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)