Thursday, June 4, 2020
Home भर्खरै अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता

अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता

सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढिरहेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादले फेरि एकपटक दुवै शक्तिलाई एकै ठाउँमा उभ्याएको छ । अतिक्रमण भूमि फिर्ता लिन सत्ता पक्ष नेकपा र प्रतिपक्ष कांग्रेस एकै ठाउँमा उभिएका हुन् ।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सत्ता पक्ष र प्रतिपक्ष सीमाका सवालमा एक ठाउँमा उभिएका छन् । गत मंगलबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा पारित गरेको थियो भने बुधबार मात्रै भूमिसुधारमन्त्री पद्मा अर्यालले सो नक्सा सार्वजनिक गरेकी थिइन् ।

त्यसयता भारतीय सञ्चार माध्यमसहित देश–विदेशमा नेपालले जारी गरेको नयाँ नक्साका विषयमा बहस जारी छ । भारतीय पक्षले नेपालले जारी गरेको नक्सालाई मान्यता नदिने बताएको छ । त्यसपछि भारतीय सञ्चार माध्यमले बिनातथ्य नेपालले नै भारतीय भूमि अक्रिमण गरेको गलत दाबी गरिरहेका छन् ।

बुधबार भारतीय एक टेलिभिजन च्यानलसँगको संवादमा प्रमुख प्रतिपक्षी दलका नेता डा. मीनेन्द्र रिजालले खरो रूपमा सीमाका विषयमा सरकार र प्रतिपक्षबीच मतान्तर नरहेको र एउटै कित्तामा रहेको जवाफ दिएका थिए । सो क्रममा नेता रिजालले आन्तरिक राजनीतिका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतान्तर रहे पनि सीमाका सवालमा पुरै देश एकै ठाउँ रहेको जवाफ दिएका थिए ।

‘मेरो देशको संसद्मा प्रतिपक्षको कुर्सीमा हुँला तर देशको सीमाको विषयमा म प्रधानमन्त्रीसँगै अडिग छु,’ नेता रिजालले भारतीय एक टेलिभिजनमा अन्तर्वार्ताकारसँग भनेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपालसँग आफ्नो भूमि दाबी गर्ने प्रशस्त आधार र प्रमाण रहेको जनाए ।

उनले सो मुद्दालाई विगतबाट कांग्रेस नेतृत्वले उठाउँदै आएको जनाउँदै वर्तमान समयमा सरकारले कूटनीतिक माध्यमबाट समाधान खोज्न गम्भीरता देखाउनुपर्ने बताए । ‘यो मुद्दा हामीले पनि उठाइरहेको हौं, राष्ट्रिय मुद्दामा सरकार प्रतिपक्ष भन्ने हुँदैन । हामी यो मुद्दामा एकै ठाउँमा छौं । सरकारले यसमा कूटनीतिक निकास खोज्न गम्भीरता देखाउनुपर्छ,’ महतले राजधानीसँग भने ।

कांग्रेसकै अर्का युवा नेता गगन थापाले सिंगो देश सीमाका सवालमा एक ढिक्का रहेको भन्दै सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका छन् । थापाले बिहीबार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको क्षेत्र भएकाले नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न भारतीय प्राध्यापक सुकदेव (एसडी)मुनिलाई चेतावनी दिएका हुन् । बिहीबार मुनिले नेपालको निर्णय क्षमतामाथि प्रश्न गर्दै ट्वीट गरेका थिए ।

थापाले जवाफ दिँदै लेखेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको क्षेत्रभित्र पर्छ भन्ने कुरामा प्रस्ट हुनुहोस् । यो विषयमा हामी सशक्त रूपमा सरकारको पक्षमा उभिनेछौं ।’

कांग्रेसकै अर्का युवा नेता प्रदीप पौडेलले समेत घरेलु राजनीतिमा हजारौं विमति भए पनि राष्ट्रियताको सवालमा कांग्रेस सरकारसँगै रहेको जवाफ दिएका छन् । भारतसँग कूटनीतिक रूपमा वार्ता गरेर समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा सामाजिक सञ्जालमा समेत सरकारलाई आग्रह गरिएको छ भने भारतीय प्रवृत्तिको चौतर्फी विरोध भइरहेको छ ।

अन्तर्राष्ट्रिय कानुनका जानकारहरूले भारतीय अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान सक्ने नेपालको आधार भएको बताएका छन् ।

तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धि, नेपालले गरेको जनगणना, अतिक्रमित भूमिका जनताले नेपालमा कर तिरेको दस्तावेज, नेपाल सरकारले भारत र चीनलाई पठाएको ‘प्रोटेस्ट नोट’ लगायत दस्तावेज अन्तर्राष्ट्रिय अदालत जानका लागि बलियो प्रमाण भएको उनीहरूको तर्क छ ।

(Visited 134 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)