Wednesday, September 22, 2021
Your Ads Here
Homeबिचारअब आत्मनिर्भरताको बाटोतर्फ

अब आत्मनिर्भरताको बाटोतर्फ

,
sharethis

नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेसँगै मुलुकमा उमंग र खुसी छाएको छ । यस कार्यलाई टुंगोमा पु¥याउन सरकारले चालेका सम्पूर्ण कार्यलाई जनताले अन्तिम समयसम्मै साथ दिइरहनुपर्छ । जनता खुसी भइरहँदा यसैलाई निहुँ बनाएर भारत सरकारले नाकाबन्दी नै त लगाउँदैन भन्ने चिन्ता देखिन थालेको छ । नेपाल सरकारले नक्सा जारी गरेसँगै भारतीय पक्षसँग कूटनीतिक रूपमा समस्या समाधानको पहललाई समेत अगाडि बढाउनुपर्छ । प्रधानमन्त्रीले भने जसरी नेपालले कुनै अर्घेल्याइ नगरेको र आफ्नो भूमिमाथि अधिकार राख्न खोजेको सत्यतालाई भारतसमक्ष प्रमाणसहित पेस गर्न सक्नुपर्छ ।

हामी पटक–पटक भारतको नाकाबन्दीको मारमा पर्दै आइरहेका छौं । हाम्रा शासकले विगतदेखि नै नेपाललाई परनिर्भर गराउँदै आए । मुलुक र मुलुकवासीलाई आत्मनिर्भर गराउन नसक्दा हामीले पटक–पटक समस्या बेहोर्दै आएका हांै त्यसैले अब हामी आत्मनिर्भरताको बाटोमा जानुपर्छ । भूकम्पको समयमा भारतले नाकाबन्दी लगाउँदा हामीले चेतेका थियांै र आत्मनिर्भरताको पहल पनि थालेका थियौं । जब नाकाबन्दी खुल्यो, त्यसपछि भने हामीले सबै दुःखकष्ट बिर्सिएर परनिर्भरतालाई नै निरन्तरता दियांै ।

नेपाल कृषिप्रधान मुलुक हो । विडम्बना † यहाँ सबैभन्दा अपहेलना गरिएको क्षेत्र नै कृषि हो । सरकारले कृषिप्रधान मुलुक भन्दै आए पनि कृषिलाई आधुनिकीकरण गर्ने विषयलाई कहिल्यै पनि प्राथमिकता दिइएन । कृषि क्षेत्रको विकास र विस्तार पनि प्रभावकारी रूपमा हुन सकेन । गाउँघरका उर्वर जमिन वर्षांैदेखि बाँझो रहँदै आएका छन् । यतिखेर मुलुक कोरोना महामारीका कारण आक्रान्त छ । यसै समयमा नेपाल र भारतको सीमामा देखिएको विवादका कारण मुलुकले विभिन्न समस्या भोग्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले त्यस्तो समस्या आयो भने त्यसलाई कसरी सामना गर्ने भन्ने खालका नीति योजना र कार्यक्रम अहिलेदेखि नै बनाउनुपर्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

भूकम्पको समयमा भारतले नाकाबन्दी गरिरहँदा चीनका विभिन्न सीमा क्षेत्रबाट सामान ल्याउने भन्दै ती सीमानाकालाई व्यवस्थित गर्ने प्रयाससमेत थालिएको थियो तर सो कार्य त्यसपछि त्यत्तिकै छोडियो । यदि चीनका नाकाहरू व्यवस्थित गरेर त्यहाँबाट पनि खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका वस्तु ल्याउने प्रक्रियालाई निरन्तरता दिन सकेको भए हामीले भारतीय पक्षबाट कहिल्यै पनि नाकाबन्दीको डर मान्नुपर्ने अवस्था आउँदैनथ्यो तर हामीले त्यसो गर्न नसकी भारतसँग मात्रै निर्भर रहनुपर्ने अवस्था सिर्जना गर्दै आयौं । जसले गर्दा भारतले नेपालमाथि स्वाभाविक रूपमा हेपाहा प्रवृत्ति देखाउँदै आएको छ ।

लकडाउनको समयमा पनि आत्मनिर्भरताको बाटोमा लम्कन सकिन्छ । हाम्रा गाउँघर र सहरनजिक रहेका सबै खेतीयोग्य जमिनमा वातावरण र मौसमअनुसारका खाद्य वस्तु र तरकारी उत्पादन गर्न सकिन्छ भने पशुपालन तथा माछापालन व्यवसायलाई प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ । यस कार्यको चाँजोपाजो सरकारले नै मिलाउनुपर्छ । अहिले गाउँघरमा तरकारीहरू कुहिन थालेका छन् । दूध बिक्री नभएर कृषकहरू दूध पोख्न बाध्य भइरहेका छन् । ती सबै वस्तुहरूको बजार व्यवस्थापन सरकारले गर्नुपर्छ । हामी सबै प्रकारका उत्पादमा आत्मनिर्भर हुन सक्यौं भने र दुवै छिमेकी देशका नाकालाई व्यवस्थित बनाउँदै सञ्चालन गर्न सक्यौं भने नाकाबन्दीलगायतका समस्या दीर्घकालीन रूपमा समाधान हुँदै जानेछन् । हामी हरेक उत्पादनका वस्तुमा आत्मनिर्भर हँुदै गयांै भने जुनसुकै प्रकारका नाकाबन्दीको पनि डटेर सामान गर्न सक्नेछौं ।

तपाइको प्रतिक्रिया

(Visited 182 times, 3 visits today)

आजको समाचार

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

साताका लोकप्रिय समाचार

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

  काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मानप...

संसदको गतिरोध हट्ने मन्त्री कार्कीको विश्वास

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग संवादमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अबरोध पनि हट्ने र बजेट...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

ट्रेन्डिङ

२ नम्बरीको छायांकन स्थगित

काठमाडौं । १० दिनदेखि छायांकनमा व्यस्त रहेको चलचित्र ‘२ नम्बरी’ को टिमले सोमबारबाट छायांकन स्थागित गरेको छ । सुटिङका लागि कास्कीको घाचोक पुगेको यो...

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)