Monday, June 1, 2020
Home बिचार सीमामा उठेको प्रश्न र कालीनदी

सीमामा उठेको प्रश्न र कालीनदी

भारतले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमण नयाँ घटना होइन । यो सुगौली सन्धिसँगै पेचिलो भई बल्झिँदै आएको हो । सन् २०२० मे ८ मा भारतले एकतर्फी ढंगले नेपाली भूमि गुन्जी, कालापानी हँुदै लिपुलेकबाट ताक्लाकोट जोड्ने सडक उद्घाटन गरेपछि बढी चर्को बनेर आएको हो । कोरोनाको कहरसँगै राष्ट्रियताको यो तरंगले नेपालीलाई थप ब्युँझाएको छ । दशकौंदेखि नेपाली सीमा अतिक्रमित भइरहेकाले कुरा विगतदेखि वर्तमानसम्म बनेका हरेक सरकार, सम्बन्धित निकाय र पदाधिकारीलाई जगजाहेर छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सो सडक खण्डले दसकौं पहिलेदेखि हुँदै आएका सीमा विवादसम्बन्धी भए÷गरेका प्रयास तथा अभिलेखका पेटारा खोलेर पुनरावृत्ति गरिदिएको छ । अपितु धेरैले सीमा समाधानार्थ भए-गरेका विगतका प्रयास दोषपूर्ण, कमजोर र त्रुटिपूर्ण भएका भनी हल्का ढंगले टिप्पणी गर्ने गरेका छन् । विगतका सरकारमाथि दोष थोपरेर कर्तव्य विमुख हुन खोजिँदै छ ।

दुई दशक अघिदेखि कालापानी क्षेत्र अतिक्रमणसम्बन्धी तत्कालीन सीमाविद्का मत, मन्त्री–प्रधानमन्त्रीका भनाइ, अन्तर्राष्ट्रिय कानुन व्याख्याताका मत, कविका कालापानी गाथा, सीमा विवाद समाधान समितिका निष्कर्ष, राजाका हुकुम र जनताका आक्रोश सार्वजनिक हुँदै आएका छन् । नेपालको सीमा विवादबारे समाचारका शीर्षकमा गोष्ठी, सीमा समस्या सुल्झाउनु सानो देशको हितमा, नेपाल–भारत सीमा बन्द गर्नुपर्छ । देशको गीत गाउने एक, सीमाको रखवारी गर्ने अर्को, नेपाल–भारत सीमामा काँढे तार लगाउनुपर्छ, सीमा समाधानको शैली नै गलत छ, सिमानामा जंगे पिलरको हत्या, एक इन्च भूमि पनि मिच्न दिनुहुन्न, सीमा स्तम्भ दुरुस्त राखिनेछ, सीमा विवादसम्बन्धी विवाद अन्तर्राष्ट्रिय न्यायालयमा लैजानुपर्छ आदि रहेका छन् । दुई दशक अघि जसले उल्लिखित कथन अभिव्यक्त गरेका थिए, उनीहरू नै फेरि उस्तै खालका अभिव्यक्ति दोहो-याइरहेका छन् ।

लिम्पियाधुराबाट बग्ने कालीनदीले सुगौली सन्धिअनुसार द्विदेशीय सीमा रेखांकन गरेको छ

आश्चर्यको कुरा, उनीहरू नै सत्ता र शक्ति केन्दका मियो सम्हालिरहेका बेला दुई दशकअघिकै मत-अभिमत आउनु उचित होइन । दशकौं अघि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा अतिक्रमणसम्बन्धी समाचार, विचार, दृष्टिकोण, सीमा विवाद समाधान समितिका प्रतिवेदन संग्रह गरिएका थिए । संग्रहित सामग्रीहरू फेरि एकपटक लेख्य, कथ्य, श्रव्य–दृष्य माध्यमबाट पुनः प्रसार–प्रचार गर्ने नित्य कर्म सुरु भएको छ ।

दार्चुला सीमा अतिक्रमण भने दिन प्रतिदिन धेरै जटिल तथा पेचिलो हुँदै गइरहेको छ । सीमा अतिक्रमण समस्या ज्यूँका त्यूँ छ । सीमा सुरक्षा, आतंकवाद नियन्त्रण गर्ने लगायतका कार्यादेशका लागि दुई दशकअघि गठन भएको नेपाल सशस्त्र प्रहरी बल सीमा सुरक्षामा खटाउन सकिएन । विभिन्न बहानामा सीमा सुरक्षाका लागि सशस्त्र बललाई रोकिएको थियो । ओलाङचुङगोला, हिल्सालगायतका उत्तरी नाका र दक्षिणी नाकाहरूमा छिमेकी देशले आफ्ना तर्फबाट सघन सीमा सुरक्षा दस्ताहरू परिचालन गरिरहँदा हामीले भने हाम्रा सीमा क्षेत्र बेवारिसे तथा खुला राखी छोड्यौं । यो तीतो सत्यलाई हामीले स्वीकार्नै पर्छ ।

सन् १८१६ मार्च ४ तारिखमा इस्ट इन्डिया कम्पनी र तत्कालीन नेपाल सरकारसँग भएको सुगौली सन्धिको धारा ५ मा ‘नेपालका श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ’ भन्ने वाक्य उल्लेख भएबाट सो वाक्यमा भएको ‘कालीनदीको पश्चिम’ भन्ने वाक्यांशबाट सिर्जित अस्पष्टतालाई आफूअनुकूल उदार व्याख्या गरी सीमा क्षेत्रमा सीमा अँचेट्ने र नयाँ नक्सा निर्माण गरी नेपाली भूभाग आफ्नो सीमामा पार्ने काम ब्रिटिस–भारत सरकारबाट विरासतका रूपमा सिमाना प्राप्त गरेको भारतले कालापानी क्षेत्रमा अतिक्रमण गरिरहेको छ । सन्धि भएपछि पहिलोपल्ट सन् १८७३ मा जेनी टासेन नामक एकजना भारतीय नागरिकले व्यक्तिगत प्रयासमा महाकाली सिमानाको हाते नक्सा बनाएका थिए । जुन नक्साअनुसार कालीको उद्गम लिम्पियाधुरा हो ।

सन् १८७७ तिर ब्रिटिस–भारतको नापी विभागले नयाँ नक्सा बनायो । जसमा लिम्पियाधुराबाट निस्कनेलाई कुटियाङ्दी (कुटी नदी) भनियो र लिपुलेक कालापानीबाट निस्कनेलाई मात्र काली नदी भनियो । भारत सरकार हालसम्म त्यही अडानमा छ र पौवागाढको सुक्खा नालाभन्दा तीनसय मिटर उत्तर कृत्रिम कालापानी बनाएर कृत्रिम काली तयार गरेको छ । यसरी भारतले लिपुलेक कालापानी अस्वीकार गरेर अर्को ३५ किमि भूमि अतिक्रमण गरिरहेको छ । भारतले हालसालै जारी गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रलाई आफ्नो सीमा क्षेत्रभित्र राखेको छ । जसको विरोध स्वरूप नेपालले ‘प्रोटेस्ट नोट’ भारतलाई दिएको थियो ।
अन्तर्राष्ट्रिय सीमा विवादका स्वरूपमध्ये व्याख्यात्मक, भौगालिक अवस्थिति तथा वितरणजन्य, सीमा रेखांकानात्मक उल्लेखनसम्बन्धी विवाद मुख्य हुन् । नेपाल र भारतबीचको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र सीमा विवाद भौगोलिक अवस्थितिजन्य सीमा विवादको एक स्वरूप हो । कालीनदीले सुगौली सन्धिअनुसार द्विदेशीय सीमा रेखांकन गर्छ ।

मुख्य कुरा महŒवपूर्ण हुन्छ । सुगौली सन्धि भएको निकटतम समयावधिको सेरोफेरोमा निर्माण–जारी भएका नक्सालाई आधार मानी सीमा विवाद टुंग्याउनुपर्ने हो । त्यसो गर्दा वैज्ञानिक, वस्तुपरक र वास्तविक तथ्य उजागर हुन जान्छ । जसले सीमा विवाद समाधानार्थ मार्ग प्रशस्त हुन्छ । २०५५ साउनमा गठन गरेको सीमा कार्यदलले सुगौली सन्धि भएपश्चात्का निकटतम समय सन् १८५० तथा १८५६ मा निर्माण भएका नक्सालाई ‘वर्किङ मटरियल्स्’ का रूपमा लिनुपर्छ भनेर प्रस्ताव राख्दा भारतीय पक्षले भने ती नक्सा असान्दर्भिक र अवैज्ञानिक छन् भन्ने तर्क झिकेर सुगौली सन्धि भएको धेरै पछि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई हेरफेर गरी निर्माण गरिएका सन् १८७९ तथा १९२८÷२९ का नक्साहरूलाई ‘वर्किङ म्याप’ मान्नुपर्छ भनी दाबी गरिरहेको छ ।

कतिपयले भारतले कालापानी क्षेत्रलाई प्रभावकारी नियन्त्रण गरेकाले नेपाललाई पेचिलो पर्ने हुन जान्छ भन्ने तर्क समेत गर्ने गरेको पाइन्छ । वास्तवमा, अन्तर्राष्ट्रिय सीमा विवादमा राज्यहरूले विभिन्न नौ वटा आधारमा विवादित क्षेत्र आफ्नो भएको जिकिर गर्छन् । ती हुन्– सन्धि, भूगोल, संस्कृति, अर्थव्यवस्था, प्रभावकारी नियन्त्रण, इतिहास, उच्छिष्ट वर्गवाद, औपनिवेशिकता समाप्ति तथा स्वतन्त्रता र राज्य आदर्श । भारतले कालापानीलगायतका क्षेत्रहरूलाई नियन्त्रण गरेको अवस्थालाई विधिशास्त्रीय सिद्धान्त प्रभावकारी नियन्त्रणको मर्मअनुसार लिन सकिन्न । अन्तर्राष्ट्रिय सीमा विवादका क्षेत्रमा स्थापित मान्यता प्रभावकारी नियन्त्रणको सिद्धान्तले भूक्षेत्र माथिको नियन्त्रण नभई मानव बस्तीको नियन्त्रणलाई इंगित गर्छ । यस मान्यतालाई अन्तर्राष्ट्रिय अदालतले समेत सिद्धान्तका रूपमा प्रतिपादन गरेको छ । भारतीय पक्षले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा कुनै मानव बस्तीमाथि प्रभावकारी नियन्त्रण गरेको छैन । केवल भूक्षेत्र मात्र कब्जा गरेको छ ।

तिब्बतसँगको सामरिक नाकाको अत्यन्त महŒवपूर्ण स्थान राख्ने कालापानी क्षेत्रमा भारतले भारत–चीन युद्धताकादेखि नै आफ्नो सैन्य शिविर राख्दै आएको छ । चीनबाट भारतको नयाँ दिल्लीसम्मको सबैभन्दा छोटो दुरीको बाटो नै लिपुलेक कालापानी हो । सामरिक दृष्टिले मात्र होइन, पर्यटन र व्यापारका लागी भारतीय तिब्बत प्रवेश गर्ने सबैभन्दा छोटो, सुलभ, सजिलो र कम उचाइमा रहेको हिमाली नाका पनि लिपुलेक भन्ज्याङ नै हो । यति धेरै महŒव बोकेको सामरिक, पर्यटकीय र व्यापारिक नाका संसारमै विरलै अन्तरदेशीय नाकाका रूपमा रहेका हुनुपर्छ । त्यसैले भारतले आफ्नो राष्ट्रिय स्वार्थ सिद्धिका लागि नेपाली भूमि गुन्जी, कालापानी हँुदै लिपुलेकबाट ताक्लाकोट जोड्ने मानसरोवर धार्मिक सडकको ट्र्याक खोलेको हो । त्यो सडकखण्ड निर्माण कार्य भारतले सन् १९९९ देखि सुरु गरेको थियो ।

भारतले सधैंभरि विवादको समाधान द्विदेशीय कूटनीतिक छलफल तथा अन्तरक्रियाबाट समाधान खोज्न तयार रहेको बताउँदै आएको छ । यथार्थमा यसले नेपाली भूमि कब्जा गरी आफ्नो सामरिक, व्यापारिक र पर्यटकीय स्वार्थपूर्तिमा निरन्तर लागिपरेको छ । सीमा विवाद जस्तो गम्भीर विषयलाई विभिन्न ढंगले आलटाल गरिरहेको छ । नयाँ–नयाँ नक्सा जारी गरी नेपाली भूमि आफ्नो सीमाभित्र गाभिरहेको छ । विवाद समाधानार्थ कहिल्यै पनि रचनात्मक तदारूपकता देखाएको छैन । यस अवस्थामा नेपालले सीमा अतिक्रमणको विषयलाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ । भारत अतिक्रमित नेपाली भूमि चीन, भारत र नेपालको त्रिदेशीय नाका भएकाले तीनै देश सम्मिलित आवश्यक कूटनीतिक तथा राजनीतिक वार्ता टोलि खडा गर्नुपर्छ । भारत संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्यता प्राप्तिका लागि लागि परिरहेकाले उसले छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध सुमधुर राख्न सक्नुपर्छ । संयुक्त राष्ट्र संघको वडापत्रमा उल्लेख राज्यको सार्वभौम समानताको सिद्धान्तलाई परिपालना गरी वडापत्रमा उल्लेख भएका अन्तर्राष्ट्रिय विवाद समाधानका शान्तिपूर्ण तथा कूटनीतिक उपायद्वारा सीमा विवाद समाधान गर्न कटिबद्ध हुनुपर्छ ।

(Visited 214 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

ई-पेपर

(Visited 35 times, 2 visits today)