स्टेगेन बार्सिलोनामै रहने

मड्रिड । क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाइका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि थप तीन वर्ष बार्सिलोनासँग सम्झौता नवीकरण गर्न सहमत भएको बुझिएको छ ।

बार्सिलोनामा स्टेगनको सम्झौता २०२२ सम्म रहेको थियो । नयाँ सम्झौता भएको खण्डमा स्टेगन २०२५ सम्म बार्सिलोनामा रहनेछ । नयाँ सम्झौताअनुसार उनको पारिश्रमिक पनि वृद्धि हुनेछ । पछिल्लो समय बार्सिलोना र स्टेगनबीच सम्बन्ध चिसिएपछि क्लबले स्टेगनलाई बेच्ने बताएको थियो । स्टेगन जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएको थियो । बायर्नले ९० मिलियन पाउन्ड खर्चन तयारी गरेको थियो ।

तर, बायर्नले बिहीबार मात्रै आफ्नो पहिलो रोजाइका गोलरक्षक म्यानुयल नुयरसँग सम्झौता नवीकरण गरेपछि स्टेगनको बायर्न जाने सम्भावना सकिएको हो । २८ वर्षे स्टेगेन २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचबाट ६३ मिलियन पाउन्डमा बार्सिलोना आएका थिए । त्यतिबेला भिक्टर भाल्डेज र जोसे म्याुनयल पिन्टोले क्लब छाडेपछि स्टेगन बार्सिलोनाको पहिलो रोजाइका गोलरक्षक बनेका छन् । जर्मनी राष्ट्रिय टोलीका सदस्यसमेत रहेका स्टेगनले बार्सिलोनाका लागि २२४ खेल खेलिसकेका छन् । उनले बार्सिलोनाबाट समान चारपटक ला लिगा र कोपा डेल रे, दुईपटक स्पेनिस सुपर कोपा र समान एकपटक यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद