लिगको तथ्यांक सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्ष फागुनमा सम्पन्न कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको तथ्यांक सम्मिलित पुस्तक सार्वजनिक गरेको छ । लिग सकिएको झन्डै साढे ३ महिनापछि एन्फाले तथ्यांकसहितको पुस्तक सार्वजनिक गरेको हो । लिगका सम्पूर्ण तथ्यांक रहेकाले एन्फाले भने यस कार्यलाई ‘ऐतिहासिक’ भनेर दाबी गरेको छ । पुस्तकमा लिगमा हरेक क्लबका खेलाडीको विवरण खेल संख्यालगायत विवरण रहेको छ ।

एन्फा उपाध्यक्ष तथा प्राविधिक समितका सदस्य उपेन्द्रमान सिंहले यस पुस्तकले लिगको विस्तृत विवरण लिन सहज हुने बताए । लिग समितिका संयोजक विज्ञानराज शर्माले लिगका हरेक तथ्य समेटिएको यस पुस्तक इतिहासका रूपमा रहने बताए । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फाले पछिल्लो सिजनभन्दा राम्रो सञ्चालन भए पनि अझै परिष्कृत गर्दै लग्नुपर्नेमा जोड दिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यस पुस्तकले खेलाडी र खेल’bout जानकारी राख्न सहज हुने बताए । तर, एन्फाले सार्वजनिक गरेको तथ्यांक सम्मिलित पुस्तकमा निकै त्रुटिहरू देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?