कर्मचारीको उत्साह, सुख र सन्तुष्टि

बेरोजगार मानिस दुःखी हुनु स्वाभाविक हो । तर, बेरोजगार मानिस जब रोजगारीमा आउँछ, तब ऊ स्थायीरूपमा दुःखी हुन थाल्छ । लेखा अधिकृतमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नेले प्रशासनतर्फको परीक्षामा उत्तीर्ण हुन सकिन भनेर आफूलाई धिकार्ने गरेको छ भने स्थानीय तहको शाखा अधिकृत सरहको छैठौं तहको परीक्षा उत्तीर्ण गर्नेले ठूलै साढे सातको दशा लागेर परीक्षा दिएको भनी बुझ्ने गरेको छ । जो मन्त्रालयमा उपसचिव छ, ऊ दैनिक आपूmलाई कमजोर देख्नेगर्छ । तर, जुन ऊ कुनै दिन कुनै कार्यालयको प्रमुखमा सरुवा हुन्छ, सोही दिनबाट उसले घर परिवारबाट टाढिइनु परेको, अनेकौं मानिसले अनेक कुरामा झन्झट दिएको, आपूm साहै्र मर्कामा रहेको ठान्ने गरेको छ । वन प्रशासनमा रहनेले वन क्षेत्रजस्तो खत्तम अन्यत्र देख्दैन, शिक्षामा बस्ने सर्वाधिक उजाडिएको ठाउँ शिक्षा नै हो भनी निष्कर्ष निकाल्नेगर्छ । यर्थाथमा यी सबै सत्य होइनन्, सबै भ्रम हुन् । आनीले गीतमा भन्नुभएझैं पूmलको आँखामा पूmलै संसार, काँडाको आँखामा काँडै संसार मात्रै हो ।

सुकरातजस्ता महान् दार्शनिकको पारिवारिक जीवन सुखद थिएन । उनकी धर्मपत्नीले सधैं बखेडा झिकिरहन्थिन् । यसलाई सुकरातका एक शिष्यले नजिकबाट नियालिरहेका थिए । उनको विवाहको उमेर आयो । योग्य कन्याको घरबाट विवाहको प्रस्ताव पनि आयो । सो बखत सुकरातका शिष्य विवाह गरौं कि नगरौं भनी द्विविधामा परे । उनले आफ्ना गुरुसँग यस विषयमा परामर्श मागे । सुकरातले कुनै अबेर नगरी विवाह गर्न सुझाब दिए । ती शंकालु शिष्यले गुरुसमक्ष प्रश्न राखे, गुरुदेव हजुरजस्तै वैवाहिक जीवन असफल भयो भने त म बर्बाद नै हुन्छ । तब सुकरातले शिष्यलाई सुमसुम्याउँदै भने, बाबु विवाह गर, दाम्पत्य जीवनको सुखभोग गर, यदि तिम्रो दाम्पत्य जीवन पनि मेरैजस्तो निरश भएमा चिन्ता नमान तिमी पनि मजस्तै दार्शनिक बन्नेछौं, लोकमा तिम्रो प्रख्याती बढ्नेछ । यस कथाबाट हामीले अनावश्यक शंका गर्ने, आफूलाई दुःखी बनाउने, आपूmभित्रै लघुताभाव पाल्नुहुँदैन भन्ने सन्देश प्राप्त हुन्छ । हिजोआज प्रायः सबै कर्मचारी जो जहाँ छन्, त्यही उनीहरू निकै दुःखी भएर मानिसले काल पर्खेझैं अवकाशको दिन पर्खेर बसेको महसुस गरेर दुःखी भएको छु । यस्तो स्वनिरुत्साहित हुनु स्वयं व्यक्ति, राष्ट्र र जनता सबैका लागि हितकारी छैन । यसर्थ सबैलाई स्वउत्प्रेरित हुन सार्वजनिक आह्वान गर्छु ।

शिक्षा मनोविद् रुसोका अनुसार मानिसले अनुभवबाट सिक्छ । यसैगरी, प्याभलकका अनुसार मानिसले आफ्नै गल्तीबाट सिक्छ । किम्बलका अनुसार अन्तरदृष्टिबाट सिकिन्छ । साथै यङका अनुसार प्रेरणाबाट सिकिन्छ भने एलिस क्रोका अनुसार जागरुकताबाट सिकिन्छ । यसैसन्दर्भमा बान्दुराका अनुसार रोलमोडेलबाट सिकिन्छ । कर्मचारीतन्त्रमा रहेकाले यस कुरालाई हेक्कामा राख्नुपर्छ । लोकमा हुँदैन कसैको एकैनाथ समुन्नति, अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति भन्ने पद्यबाट पनि धेरैकुरा सिक्न सकिन्छ । समाज, देश, पद्धति र स्वभावको परिवर्तनको वाहकका रूपमा रहेको सरकारी कर्मचारी नै निराश भएपछि मुलुक अधोगतिमा लाग्नु स्वाभाविकै हो । यसर्थ नेपाली समाजमा हँसमुखको प्रतीक मुलुकी प्रशासन हुनुपर्छ । यो विनयशीलताको प्रतीक हुनुपर्छ । सधंै केही गरौं भन्ने उत्सुकता र क्रियाशीलताको प्रतीक ठहरिनुपर्छ । यर्थाथमा सार्वजनिक पद आफ्ना लागि होइन, अरूलाई उत्साह बाँड्न आपूm त्याहाँ पुगेको कुराको हेक्का सबैले गर्नैपर्छ ।

समाज, देश, पद्धति र स्वभाव परिवर्तनका वाहक सरकारी कर्मचारी नै निराश भएपछि मुलुक अधोगतितर्फ लाग्नु स्वाभाविकै हो, यतिबेला मुलुकी प्रशासन ह“समुखको प्रतीक हुनुपर्छ

एउटा नीति कथामा सुगाले दुईवटा बच्चा कोरलेको हुन्छ । एकदिन व्याधाले गुडबाट ती दुई बच्चा सुगालाई उठाएर लैजान्छ र बजारमा लगेर बिक्री गरिदिन्छ । एउटा सुगाको बच्चा असल मानिसले खरिद गर्छ र अर्को सुगाको बच्चा खराब मानिसले खरिद गर्छ । एक वर्षपछि दुवै सुगा मानिसजस्तै बोल्न सक्ने हुन्छन् । असल मानिसले पालेको सुगाले बाटो हिँड्नेलाई अभिवादन गर्ने र शुभदिनको कामना गर्ने गर्छ । खराब मानिसले पालेको सुंगाले बाटोमा हिँड्ने मानिसलाई गाली गर्दै आजको दिनमा कुभलो होस् भन्ने कामना गर्दछ । यो संगतगुनाको फल हो । ठीक यसैगरी, असल मानिसको संगतमा रहेका कर्मचारी सुखी छन् । ती सेवाग्राहीलाई सेवा दिन उत्सुक छन् । तिनले जे सुविधा पाएका छन् त्यसैमा सन्तुष्टि छन् । ती अवकाशपछिको जीवन पनि सहजै जिइरहेको छन् । ठीक यसको विपरीत गलत मानिसको संगत गर्नेहरू सुविधाको खोजीमा भौंतारिएका छन् । ती घुसको खोजीमा छन् । निजामती, जंगी र प्रहरी सेवाको सांखमाथि तिनले धावा बोलेका छन् । ती आफ्नै कर्मका कारण जीवनसँग बिरक्तिएका छन् । यही निराशा तिनले बाँड्दै गर्दा सबै जागिरेहरू असफलजस्ता, असन्तुष्टजस्ता र दुःखीजस्ता देखिएका हुन् । यसर्थ, सुखको मार्ग भनेको सत्मार्ग, सत्विचार र सदाचार नै हो ।

एउटा ठूलो हात्तीलाई माउतेले लुते डोरीले खुट्टामा बाँधेको थियो । हात्ती हलचल नगरी अडिएको देखेर एउटा मानिसले प्रश्न ग¥यो । यस्तो सानो डोरीको भरमा हात्ती कसरी काबुमा रह्यो ? किन डोरी चुँडाएन ? माउतेले जवाफ दियो, यो हात्ती बच्चा हुँदा डोरीले बाँधेर राखेको थिएँ । सो बखत उसले डोरी चुँडाउन खोज्यो, बच्चा भएकाले सकेन । अहिले यसको मनोविज्ञानमा डोरी चुँडाउन सक्तिन भन्ने परेको छ । त्यसैले, लुते डोरीको भरमै अडेको छ । यसर्थ, मानिसले नयाँ जिम्मेवारी पाएपछि आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ भन्ने सन्देश यसबाट पाइन्छ । तर, कर्मचारीतन्त्रभित्रका मानिस आपूmसँग असीमित क्षमता भएर पनि त्यसको प्रयोग गर्न सकिरहेका छैन । केही गर्ने पहल गरे गर्न सकिन्छ । आपूm केही गर्न क्रियाशील नहुने, मलाई गर्न दिएनन् भनेर कुण्ठित हुने स्वभावले कर्मचारीतन्त्र दुःखी भएको हो । यसर्थ प्रत्येक पदधारी व्यक्ति आफ्नो क्षमता प्रदर्शनमा अघिसरी खुसी हुन सिक्नुपर्छ ।

तीन अलगअलग भाँडामा एक साथ आलु, अण्डा र कफीको गेडालाई राखेर उमालियो । केही क्षणपछि हेर्दा सारो आलु पूर्णतः गलित भएछ । भित्र तरल पदार्थ भएको अण्डा पुनः तरल हुन नसक्ने गरी साह्रो भएछ । कफीको गेडा फुटेर पुरै पानीलाई सुगन्धित बनाइदिएछ । पहिलेको पानी हाल कफी भएछ । यसर्थ, हामी आलु, अण्डा वा कफी के बन्ने हाम्रै हातमा छ । निजामती, जंगी, प्रहरी सेवा लगायतमा जेहेनदार मानिस प्रवेश गर्छन् । यर्थाथमा ती परिवर्तनका संवाहक पनि हुन् । ती फुक्न चाहे फुक्न सक्छन् र चाउरिन खोजे निचोरिन्छन् । कुनै बखत उदेग लाग्छ, मुलुकको मुख्य सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षकजस्तो पदमा पुगेका मानिस पनि गुमनाम हुन पुग्छन् ।

ती शक्तिहीन, क्षमताहीन र विवेकहीन कसरी बन्न सके होलान् ? यस पंक्तिकारले हालै अवकाशपछि प्रमुख सूचना आयुक्त पदमा रहँदा कानुनबमोजिम सूचना नदिने जो कोहीलाई दण्ड गर्न आफूसक्षम रहेको सन्देश उच्च पदाधिकारीकै उपस्थितिमा पटकपटक सुनाउने गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव भएर सडक विस्तारको काम गर्दा पनि कुनै मुलाहिजा गरेजस्तो लाग्दैन । अरूले पनि निर्भिक भएर काम गरेका छन् । तर, पूmर्तिले काम गर्नेहरूको संख्या औंलामा गन्न सकिने जति मात्रै हुँदा चित्त दुःखेर यो आलेख तयार गरेको हुँ । नबिराउनु नडराउनु भन्ने सिद्धान्तअनुसार कर्मचारीतन्त्र कानुनबमोजिम काम गर्न सक्षम हुनुपर्छ । यसैबाट सन्तुष्टि र खुसी प्राप्त हुनेछ । नेताको समूहले एउटा कार्यक्रमको आयोजना ग¥यो । नेलसन मन्डेला प्रमुख अतिथि भए । आयोजकले मन्डेलालाई तपाईंजस्तै राजनेता हुन के गर्नुपर्छ ? तपाईंको ज्ञानको स्रोत के हो ? सो’bout प्रकाश पारिदिन आग्रह गरे । मन्डेलाले आफू केटाकेटी हुँदा आफ्ना बाबु गाउँको मुखिया भएको र हरेक समस्याको समाधान गर्न गाउँलेलाई भेला गराई समान रूपमा गोलाकारमा राख्ने गरेको र सबैको कुरा सुनेर मात्रै आफ्नो निर्णय गर्ने गरेको कुरा बताए । मेरा बुवाका यी दुई गुण नै मेरा प्रेरणाका स्रोत हुन् भनेपछि नेता थाप्लोमा हात राखेर हिँडे । यस कुराले हामी प्रशासकले समूह गतिशीलतामा विश्वास गर्नुपर्ने सन्देश दिन्छ । मुलुकका मुख्य सचिव, सचिव, प्रधानसेनापति र रथीवृन्द, प्रहरी महानिरीक्षक र अन्य उच्च पदाधिकारी एक्लै काम गर्ने, एक्लै जिम्मेवारी बोक्ने, अरूको कुरा नसुन्ने, आफंै जान्नेसुन्ने पल्टिदा कामको बोझले च्यापिएर दुःखी भएका हुन् । यर्थाथमा ठूलो पदमा पुगेकाले आफैं काम गर्नेभन्दा पनि काम लगाउने हो । अरूलाई विश्वासमा लिने हो । कामको बाँडफाड गर्ने हो । यही सामान्य सूत्रभित्र सफलता र सुख लुकेको छ ।

अन्त्यमा, सार्वजनिक क्षेत्रमा उच्च पदमा आसिन व्यक्ति सदैव त्यागी, रोलमोडेल र सदाचारी एवं निष्ठावान् हुनुपर्छ । यही गुणका आधारमा मातहत कर्मचारीले उनीप्रति आदर व्यक्त गर्दछन् । यही आदर्श व्यक्तिकै आदेश पालनामा सहजता आउँछ । यसबाट तोकिएको कामको परिणाम प्राप्त हुन्छ । जसको कारण नेतृत्वमा रहेकाले समाजबाट स्यावासी पाउँछन् । यसरी उच्च पदमा रहेका व्यक्तिमा थप केही गरौं भन्ने जोश र जागर बढ्दै जान्छ । जसले समाजलाई अतिरिक्त लाभ पु¥याउँछ । आदर्शवान् र नैतिकवान् कर्मचारी कसैको पनि हुँदैन । ऊ साझा व्यक्तित्वका रूपमा अगाडि बढ्छ । झट्ट हेर्दा कसैको पक्षमा नलागी जागिरे जीवनको तरक्की नहुनेजस्तो प्रतीत भए तापनि अन्त्यमा सत्यकै विजय हुने हुँदा निष्पक्ष र निर्भिक व्यक्तिकै बढुवा र राम्रो स्थानमा सरुवा हुनेगर्छ । अपवादलाई अन्तिम सत्य मान्नुहुँदैन । एउटा नीति कथाअनुसार इमानदारिता र लगनशीतावश लास जलाउने काममा खटिएको केटो तोकिएको काम उत्कृष्ट ढंगले सम्पादन गरेवापत् सोझै स्वर्ग पुगेथ्यो । अर्को कथाअनुसार निमको बुटोमा पानीको सट्टा दैनिक कामधेनु गाईको दूध र मह हाले पनि सो नीमले आप्mनो तीतो हुने गुण नछोडी आप्mनो धर्म पूरा गरेथ्यो । अर्को नीति कथाअनुसार गुरुको आज्ञाअनुसार डोकोमा पानी ल्याउने ध्येयले खोलोमा निरन्तर डोकोमा पानी उठाउने र पोखिने कार्य निरन्तर गर्दा क्रमशः लेउ, माछा, गिट्टीलगायतले डोकोको प्वाल पुरिएर डोकोमा पानी भरिएथ्यो । यस्ता दृष्टान्तले उच्च प्रशासकमा तोकिएको कर्तव्य पालनमा दृढ हुन, आफ्नो कर्तव्यबाट विचलित नहुन र निरन्तरको लगनशीलताबाट तोकिएको लक्ष्य हासिल गर्न प्रेरितगर्छ । यस्तै, सत्कार्यमा उच्च प्रशासकका सुख र सन्तुष्टि लुकेकोे हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९