Thursday, May 6, 2021
Home Editor-Picks कोरोना कहरमा नहराएको मानवीयता

कोरोना कहरमा नहराएको मानवीयता

,

काठमाडौँ । ‘हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप-यो, साह्रै विजोग छ’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई यस्तै खालका फोन आजकल दैनिक १० देखि १५ वटा आउँछ ।

कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको तारन्तारको फोनले खिन्न बनाउँछ । उनीहरुलाई आश्रममा ल्याउन पिसिआर परीक्षण पहिलो शर्त हो । यसरी फोन गर्ने मानिसलाई परीक्षणको मतलब हुन्न । उनीहरुको सोच उठाएर लगिदिए हुन्थ्यो मात्रै हुन्छ । एकै फोनमा उठाउन सक्ने सम्भावना हुन्न, त्यसैले कतिपय रिसाउँछन् ।

उनले लकडाउनको अनुभव सुनाउँदै भने, ‘पिसिआर गरेपछि भन्नुहोला हामी सेवामा तयार छौँ भनेर जवाफ दिन्छौँ, तत्कालै नउठाएको भनेर कतिपय रिसाउनुहुन्छ, त्यसैले ७७ वटै जिल्लाबाट आउने सबै फोन म आफैँले सम्हाल्ने गरेको छु ।’

पछि समस्या आउन सक्ने हुँदा उद्धारसम्बन्धी फोनको उनी आफैँले सम्बोधन गर्छन् । ‘कोभिड–१९ मा हेलचेक्र्याईं गर्नु हुन्न भन्नेमा सबै सचेत हुनुपर्छ । राज्यले लागू गरेको स्वास्थ्य मापदण्डलाई अक्षरशः पालना गर्नैपर्छ । सङ्क्रमणदर बढ्दो रहेकाले अझै सचेत हुँदै काम गर्नुपर्ने अवस्था छ । कोरोना कहर मात्रै भनेर नहुने रहेछ । सडकमा दुःख बल्झिएको देख्दा मन कटक्क खान्छ, त्यसै छाड्न मन मान्दैन ।’ उनी भन्छन् । आफ्नै प्रयासमा भनेपछि पिसिआई र आरडिटी गरेर उद्धारमा खटिएको बताउँछन् ।

‘पीडा देख्दादेख्दै पनि आरडिटी या पिसिआर नगरी उद्धार गर्न सकिएको छैन । मुलुक नै प्रभावित भइरहेको बेला अहिले सडकका मानिसलाई पिसिआर गर्न धौधौ पर्छ । त्यही पनि रिपोर्ट नेगेटिभ भएका ७७ जनालाई हामीले उद्धार गर्न सफल भएका छौँ’, उनले भने । उनीहरुलाई विभिन्न आश्रममा राखिएको छ ।

बन्दाबन्दीपछि झन सडकमा मानिस आउने क्रम बढेको अनुभव गर्छन् उनी । अन्य असङ्गठित मजदुरसमेत सडकमा आइपुगेकाले अवस्था दयनीय बन्दै गएको छ । यो अवस्थामा धेरैलाई अझै उद्धार गर्न सकिएको छैन । तैपनि स्वास्थ्य मापदण्ड अपनाएर आश्रमले लकडाउनको अवधिमा ७७ जनाको उद्धार गरेको छ । लकडाउन नभएको भए काठमाडौँ महानगर सडक मानवमुक्त महानगर घोषणा भइसक्थ्यो । त्यसको तयारीमा दैनिक उद्धार अभियान चलिरहेकै थियो । सबै योजना कोरोना कहरसँग चकनाचुर भएरको छ ।

मानवसेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाका अनुसार बन्दाबन्दीको समयमा काठमाडौँ उपत्यकाको तीन जिल्लाबाट १९ जनाको उद्धार भएको छ । मकवानपुरमा नौ, गोरखामा एक, विराटनगरमा १८, कास्कीमा १५, रुपन्देहीमा चार, बागलुङमा चार र सुर्खेतमा सातजनाको उद्धार गरिएको छ ।

अझै धेरै सडकमा भए पनि पिसिआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ । आश्रममा क्वारेन्टिन छैन । त्यसैले सिधै उठाउन सकिने अवस्था छैन । तैपनि विभिन्न सहयोगी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सेवा भने छाडिएको छैन । उनीहरुले अझै मानवीयतालाई हराउन दिएका छैनन् ।

उद्धार गर्नका लागि पिपिइ लगाएर आश्रमका अभियानकर्मी खटिन्छन् । हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन् । भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई पनि सेनिटाइज गरेर मास्क दिएरमात्रै उद्धार गर्ने गरिएको छ ।

आश्रमले अहिलो झण्डै एक हजार १०० जनालाई संरक्षण दिँदै आएको छ । यसरी उद्धार भएका ६०० बढीलाई परिवारमा मिलन गराइएको छ । विसं २०६९ देखि यसरी सेवा थालेकामा हाल सात प्रदेशको १७ जिल्लाका १९ शाखाबाट सेवा दिइरहेको छ ।

भोकालाई खाना पनि जारी छ

लकडाउनका कारण असङ्गठित क्षेत्रका मजदुर सडकमा आइपुगे । सडक सेवामा निस्किँदा खान नपाएको कुरा सुनेपछि अधिकारीको मन कुँडियो । अनि गत चैत २४ बाट भोकालाई खाना दिने अभियान भक्तपुरबाट शुरु गरिएको थियो । आज ७४औँ दिनमा खाना खुवाउने क्रम जारी छ । दैनिक झण्डै ७०० जनालाई खाना खुवाउँदै आएको आश्रमले जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा गाडी लिएर खाना वितरण गर्ने गरिएको छ । केही हप्ताअघिसम्म अन्य संस्थाले पनि खाना दिन्थे । तर लकडाउन थप कडा भएपछि अन्य संस्थाले खाना खुवाउन छाडे त्यसपछि बोझ आश्रमलाई नै थपिएको जनाइएको छ ।

काठमाडौँका पनि धेरै स्थानबाट भोकै भएको भन्दै फोन आइरहेको छ । अब आइतबारदेखि सडकको अवस्था बुझ्ने र काठमाडौँमा पनि भोको भएकालाई खाना दिने अभियान चलाउन थालिएको अभियानकर्मी सुमन बर्तौलाले बताए । सबै काम प्रहरी र स्थानीय तहसँगको समन्वयमा सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डअनुसार नै गर्ने गरिएको जनाइएको छ ।

उक्त संस्थाले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ ।

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

साताका लोकप्रिय समाचार

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

फूलबुट्टे सारी सर्वोत्कृष्ट

काठमाडौं । नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न भएको छ । समारोहमा गीतसंगीत र म्युजिक भिडियोतर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो ।...

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको...

ट्रेन्डिङ

कालिकोटका १९ जना कोरोना संक्रमित आइसोलेसनमा

कालिकोट । कालिकोटका १७ जना र बाजुराका एक जना दैलेखका एकजना गरी १९ जना कोरोना संक्रमितलाई तिलागुफाबाट उपचारका लागि जिल्ला सदरमुकाम मान्मको एकीकृत्र भवनको...

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो ।...

काभ्रेमा लकडाउन कडा, १ सय ८६ सवारी साधन नियन्त्रणमा

काभ्रेपलाञ्चोक । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको भन्दै आइतबारदेखी जिल्ला प्रहरी कार्यालय काभे्रले थप कडाई गरेको छ । शनिबारको तुलनामा आइतबार धेरै सवारी साधन...

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाटै गर्भपतन

काठमाडौं । असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन । अहिले पनि गर्भपतन गराउने कुल संख्यामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् । गर्भपतन सेवाले...

पोखरामा अलपत्र ५८ फ्रेन्च नागरिक फर्किए

पोखरा । फ्रान्सबाट पोखरा घुम्न आएका ५८ जना फ्रेन्चहरुलाई बिहीबार विमानमार्फत काठमाडौं लगिएको छ । फ्रान्सको राजदूतावासले उनीहरुलाई स्वदेश फर्काउन गरेको सो...

कांग्रेस सभापति देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् । सभापति देउवाले मंगलबार जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा)...

सुनकोशी गाउँपालिकाको प्रत्येक वडामा ‘आइसोलेसन वार्ड’

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले सबै वडाहरुमा ‘आइसोलेसन वार्ड’ र क्वारेन्टाइन निर्माणका लागि वडा कार्यालय र स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री र उपकरण...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो

मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ...

सुदूरपश्चिम प्रदेश : दुई पक्षबीच सांसद आफ्नो पक्षमा पार्ने होडबाजी

धनगढी । प्रतिनिधिसभा विघगठन भएसँगै सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो सुदूरपश्चिम प्रदेशमा पनि पर्न थालको छ । योसँगै दुई तिहाई बहुमत...

बाबुराम भन्छन् ‘रबिन्द्र मिश्र राप्रपाको नयाँ अवतार मात्रै ’

काठमाडौं । समाजवादी जनता पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई राप्रपाको नयाँ अवतारको रुपमा टिप्पणी...

राष्ट्रियसभा उपनिर्वाचनका लागि भुटनदेवी मावि मतदानस्थल

काठमाडाैं ।  वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)