Thursday, June 4, 2020
Home Editor-Picks कोरोना कहरमा नहराएको मानवीयता

कोरोना कहरमा नहराएको मानवीयता

काठमाडौँ । ‘हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप-यो, साह्रै विजोग छ’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई यस्तै खालका फोन आजकल दैनिक १० देखि १५ वटा आउँछ ।

कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको तारन्तारको फोनले खिन्न बनाउँछ । उनीहरुलाई आश्रममा ल्याउन पिसिआर परीक्षण पहिलो शर्त हो । यसरी फोन गर्ने मानिसलाई परीक्षणको मतलब हुन्न । उनीहरुको सोच उठाएर लगिदिए हुन्थ्यो मात्रै हुन्छ । एकै फोनमा उठाउन सक्ने सम्भावना हुन्न, त्यसैले कतिपय रिसाउँछन् ।

उनले लकडाउनको अनुभव सुनाउँदै भने, ‘पिसिआर गरेपछि भन्नुहोला हामी सेवामा तयार छौँ भनेर जवाफ दिन्छौँ, तत्कालै नउठाएको भनेर कतिपय रिसाउनुहुन्छ, त्यसैले ७७ वटै जिल्लाबाट आउने सबै फोन म आफैँले सम्हाल्ने गरेको छु ।’

पछि समस्या आउन सक्ने हुँदा उद्धारसम्बन्धी फोनको उनी आफैँले सम्बोधन गर्छन् । ‘कोभिड–१९ मा हेलचेक्र्याईं गर्नु हुन्न भन्नेमा सबै सचेत हुनुपर्छ । राज्यले लागू गरेको स्वास्थ्य मापदण्डलाई अक्षरशः पालना गर्नैपर्छ । सङ्क्रमणदर बढ्दो रहेकाले अझै सचेत हुँदै काम गर्नुपर्ने अवस्था छ । कोरोना कहर मात्रै भनेर नहुने रहेछ । सडकमा दुःख बल्झिएको देख्दा मन कटक्क खान्छ, त्यसै छाड्न मन मान्दैन ।’ उनी भन्छन् । आफ्नै प्रयासमा भनेपछि पिसिआई र आरडिटी गरेर उद्धारमा खटिएको बताउँछन् ।

‘पीडा देख्दादेख्दै पनि आरडिटी या पिसिआर नगरी उद्धार गर्न सकिएको छैन । मुलुक नै प्रभावित भइरहेको बेला अहिले सडकका मानिसलाई पिसिआर गर्न धौधौ पर्छ । त्यही पनि रिपोर्ट नेगेटिभ भएका ७७ जनालाई हामीले उद्धार गर्न सफल भएका छौँ’, उनले भने । उनीहरुलाई विभिन्न आश्रममा राखिएको छ ।

बन्दाबन्दीपछि झन सडकमा मानिस आउने क्रम बढेको अनुभव गर्छन् उनी । अन्य असङ्गठित मजदुरसमेत सडकमा आइपुगेकाले अवस्था दयनीय बन्दै गएको छ । यो अवस्थामा धेरैलाई अझै उद्धार गर्न सकिएको छैन । तैपनि स्वास्थ्य मापदण्ड अपनाएर आश्रमले लकडाउनको अवधिमा ७७ जनाको उद्धार गरेको छ । लकडाउन नभएको भए काठमाडौँ महानगर सडक मानवमुक्त महानगर घोषणा भइसक्थ्यो । त्यसको तयारीमा दैनिक उद्धार अभियान चलिरहेकै थियो । सबै योजना कोरोना कहरसँग चकनाचुर भएरको छ ।

मानवसेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाका अनुसार बन्दाबन्दीको समयमा काठमाडौँ उपत्यकाको तीन जिल्लाबाट १९ जनाको उद्धार भएको छ । मकवानपुरमा नौ, गोरखामा एक, विराटनगरमा १८, कास्कीमा १५, रुपन्देहीमा चार, बागलुङमा चार र सुर्खेतमा सातजनाको उद्धार गरिएको छ ।

अझै धेरै सडकमा भए पनि पिसिआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ । आश्रममा क्वारेन्टिन छैन । त्यसैले सिधै उठाउन सकिने अवस्था छैन । तैपनि विभिन्न सहयोगी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सेवा भने छाडिएको छैन । उनीहरुले अझै मानवीयतालाई हराउन दिएका छैनन् ।

उद्धार गर्नका लागि पिपिइ लगाएर आश्रमका अभियानकर्मी खटिन्छन् । हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन् । भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई पनि सेनिटाइज गरेर मास्क दिएरमात्रै उद्धार गर्ने गरिएको छ ।

आश्रमले अहिलो झण्डै एक हजार १०० जनालाई संरक्षण दिँदै आएको छ । यसरी उद्धार भएका ६०० बढीलाई परिवारमा मिलन गराइएको छ । विसं २०६९ देखि यसरी सेवा थालेकामा हाल सात प्रदेशको १७ जिल्लाका १९ शाखाबाट सेवा दिइरहेको छ ।

भोकालाई खाना पनि जारी छ

लकडाउनका कारण असङ्गठित क्षेत्रका मजदुर सडकमा आइपुगे । सडक सेवामा निस्किँदा खान नपाएको कुरा सुनेपछि अधिकारीको मन कुँडियो । अनि गत चैत २४ बाट भोकालाई खाना दिने अभियान भक्तपुरबाट शुरु गरिएको थियो । आज ७४औँ दिनमा खाना खुवाउने क्रम जारी छ । दैनिक झण्डै ७०० जनालाई खाना खुवाउँदै आएको आश्रमले जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा गाडी लिएर खाना वितरण गर्ने गरिएको छ । केही हप्ताअघिसम्म अन्य संस्थाले पनि खाना दिन्थे । तर लकडाउन थप कडा भएपछि अन्य संस्थाले खाना खुवाउन छाडे त्यसपछि बोझ आश्रमलाई नै थपिएको जनाइएको छ ।

काठमाडौँका पनि धेरै स्थानबाट भोकै भएको भन्दै फोन आइरहेको छ । अब आइतबारदेखि सडकको अवस्था बुझ्ने र काठमाडौँमा पनि भोको भएकालाई खाना दिने अभियान चलाउन थालिएको अभियानकर्मी सुमन बर्तौलाले बताए । सबै काम प्रहरी र स्थानीय तहसँगको समन्वयमा सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डअनुसार नै गर्ने गरिएको जनाइएको छ ।

उक्त संस्थाले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ ।

(Visited 133 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

भर्खरै

सप्तरीका पहिलो संक्रमित युवा कोरोना जितेर घर फर्किए

सप्तरी । सप्तरीको पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना जितेर गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशसनबाट...

दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय...

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)