कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा शनिवार ३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमणको पुनः पुष्टीका लागि स्वाब नेपालगंज पठाइएको थियो। नेपालगंजमा गरिएको परीक्षणमा पजि पोजेटिभ देखिएको हो। गत सोमबार दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुगेकोे हो।

बिहीबार भारतबाट आएका १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ संक्रमित मध्ये २ जना बराहताल र एक जना चौकुने गाउँ पालिकाकाा रहेको बताइएको छ। बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो ।

अहिलेसम्म चारै जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता