मादुरो पक्राउ परेलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले आइतबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न आक्रमण गरेपछि किम जोङ उनले पूर्वी सागर (जापानको सागर) माथि कम्तीमा दुई क्षेप्यास्त्र प्रक्षेपण गरेका हुन् । यसले विश्वभर तनावको अवस्था सिर्जना गरेको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा गएकै दिन र अमेरिकाले भेनेजुएलामा आक्रमण गरेपछि क्षेप्यास्त्र प्रहार गरिएको हो । ली जे म्युङ बेइजिङ भ्रमणमा छन्, जसमा सी जिनपिङसँग शिखर सम्मेलन पनि छ । कोरियाली प्रायद्वीपमा शान्ति एजेन्डा छलफल हुने बताइएको छ। सियोल र टोकियोले क्षेप्यास्त्र प्रक्षेपणको आलोचना गरेका छन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आपतकालीन सुरक्षा बैठक गरेर उत्तर कोरियालाई ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरू उल्लङ्घन गर्ने उत्तेजक कार्यहरू’ बन्द गर्न आग्रह गरेको छ। जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमीले यी प्रक्षेपणहरूले छिमेकी देश, क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्ने बताए। ‘हाम्रो सरकारले उत्तर कोरियासँग कडा विरोध दर्ता गरेको छ र यसको कडा निन्दा गरेको छ,’ कोइजुमीले विज्ञप्तिमा भनेका छन् ।

इन्डो–प्यासिफिकका लागि अमेरिकी सेनाले यो घटनाले अमेरिकी कर्मचारी वा क्षेत्र, वा सहयोगीहरूलाई तत्काल खतरा उत्पन्न नगर्ने स्पष्ट पारेको छ। अमेरिकाले यस’bout सहयोगीहरूसँग परामर्श गरिरहेको भनेको छ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु