Monday, June 1, 2020
Home बिचार राष्ट्रिय सहमति र एकता अत्यावश्यक

राष्ट्रिय सहमति र एकता अत्यावश्यक

नेपालको नयाँ राजनीतिक नक्सा निर्माण भएसँगै सरकार र राज्यको दायित्व पनि केही बढेर गएको छ । नयाँ नक्सा निर्माणसँगै नक्साअनुसारको सार्वभौमिकता कायम गर्न यो संकटपूर्ण अवस्थामा कही विशिष्ट कार्यभार निश्चित समयभित्रै पूरा गरिनुपर्ने अवस्था सिर्जना हुन पुगेको छ । जनताको साथ र समर्थन व्यापक छ तर पनि एउटा राज्यको संस्थागत दायित्व पूरा गर्न संस्थागत प्रयास तथा कदमको जरुरी छ । यसका लागि सरकार नै राज्यको वास्तविक प्रतिनिधि रहने गर्दछ । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा छिमेकी देश भारतको अतिक्रमणको लगभग ६ दशकपछि वर्तमान सरकारले सो अतिक्रमित भूमिसहितको नयाँ नक्सा जारी गरेर व्यवहारतः सो भूमि नेपालको सार्वभौम अधिकार क्षेत्रभित्र फिर्ता ल्याउने पहल गरिरहेको छ । यसका लागि सरकारलाई राष्ट्रिय सहमतिका साथै अन्तर्राष्ट्रिय वातावरण निर्माणको पनि उत्तिकै जरुरी छ । सबैभन्दा पहिले त राष्ट्रिय सहमति निर्माण नै यी सबै कार्यका लागि कोसेढुंगो साबित हुने देखिएको छ । हाल सरकार र प्रतिपक्षी दलबीच देखिएको सहमतिले यसको मार्ग प्रशस्त गरिरहेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सिंगो देश नै लकडाउनको अवस्थामा रहेका बखत महामारी नियन्त्रणका साथै भौगोलिक तथा राजनीतिक नक्सा, नेपालको निसान छाप र नयाँ नक्सासँग सम्बन्धित कुराको संविधानतः सम्बोधनका लागि सार्वभौम संसद्मा दुई तिहाइ मतको जरुरी छ । यो अति महŒवपूर्ण, विशिष्ट र राष्ट्रिय कार्यभार पूरा गर्नका लागि कुनै एक दल वा बहुमतको सरकार भनेर मात्र पनि पुग्ने देखिँदैन । परिस्थितिले देशका शक्तिहरू एकजुट हुने अवस्थामा पु¥याएको छ । अथवा विपक्षी र साना दलहरूलाई पनि राष्ट्रिय कार्यभार पूरा गर्नुपर्ने दायित्वभित्र आउनैपर्ने बनाएको छ । यसको नेतृत्व कुशलता र चातुर्यका साथ सत्ताधारी पार्टीले नै गर्नुपर्नेछ । सरकार तथा प्रतिपक्षी दलबीच निर्माण भएको सहमतिपूर्ण अवस्थाले सिंगो देशलाई राष्ट्रिय सहमतितिर डो¥याउने शुभ संकेत पनि देखापरिसकेको छ । राष्ट्रमाथि आइपरेका समस्या सिंगो नेपाली जनतामाथि आइपरेका समस्या हुन् । र, ती समस्या यसकारणले पनि देशभित्र रहेका सबै राजनीतिक दल र संघसंस्था तथा नागरिकका साझा समस्या पनि हुन् । यस्ता समस्याको हल सामूहिक एकता र सहमतिबाट मात्र सम्भव हुने गर्दछ ।

राजनीतिक वा राजपाठका समस्या आफंैमा सामाजिक विषय हुन् । यिनमा समकालीन समाजको स्वीकृति वा अस्वीकृतिले ठूलो महŒव राख्दछ । राज्य वा सरकारको निर्णयले मुख्यतः दुई आधिकारिक ठाउँ संसद् तथा जनतामा अनुमोदनको अनिवार्यता राख्दछ । त्यसैले, समस्याको निदान र समाधानको प्रकृति पनि सामूहिक उत्तरदायित्वपूर्ण हुनु जरुरी छ । सरकार यस विषयमा गम्भीर हुँदा र समस्याका प्रकृति, निदान र समाधानका तरिकामा सामूहिकता ल्याउँदा राष्ट्रिय सहमति निर्माणमा कुनै पनि आपत्ति आइपर्दैन । हाल सीमा विवादका समस्या समाधान गर्न, संविधान संशोधन गर्न र कोरोना महामारीसँग जुध्न सरकारले अघि सारेको राष्ट्रिय सहमतिको कुरा साझा भएकाले यसले देशको एकतामा कुनै समस्या ल्याउने देखिँदैन । राष्ट्रिय सहमति कायम गरेर सबै पक्षसँग मुकाबिला गर्दै सफलता हासिल गर्नु अहिलेको अहं आवश्यकता हो ।

(Visited 26 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

धेरै पढिएका

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

ई-पेपर

(Visited 35 times, 2 visits today)