Monday, June 1, 2020
Home बिचार साबुनपानी र सुरक्षा अभ्यस्तता

साबुनपानी र सुरक्षा अभ्यस्तता

आजभन्दा डेढ सय वर्षअघि संक्रामक रोगबाट बच्न जुन डाक्टरले चिकित्सकहरूलाई हात धुन सल्लाह दिएका थिए । उनको हालत के भएको थियो भन्ने तथ्य आज सम्झना गरौं । आँखा बन्द गरेर साबुनपानीले हात धुनुपर्छ । नत्र हामी स्यानिटाइजर प्रयोग गर्नमा अभ्यस्त भएका छौं । त्यति बेलाकै समयमा हात धुने सल्लाह दिने डाक्टर इग्नाज सेमेलविसलाई तिरस्कार गरी पागलखानामा भर्ना गरिएको थियो । उनलाई गार्डले पिटेको र हातमा ठूलो चोट लागेको थियो । जसको असरले उनको उक्त भाग सड्न थाल्यो र त्यसको विष शरीरभर फैलन पुगी ४७ वर्षकै उमेरमा मृत्यु भएको थियो । उनलाई आज एन्टिसेप्टिकको नाममा समेत चिनिन्छ । सन् १८१८ मा हंगेरीमा जन्मेका उनले भियनाको सरकारी अस्पतालमा कार्यरत रहँदा क्लोरिन मिश्रित कागती पानीले हात धुने तरिका सन् १८४७ मा दिएका थिए । साथीलाई पटकपटक हात धुनभन्दा मजाकमा उडाइदिन्थे । अपमानबाट प्रताडित सेमेलविस बिस्तारै डिप्रेसनमा गए । साथीले कमजोरीको फाइदा उठाउँदै पागलखानामा भर्ना गरिदिएका थिए । पागलखानामा भर्ना गरेको १४ दिनभित्रै अधिक तनावका कारण उनको मृत्यु भएको थियो ।

मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर र मृत्यृदर आधा वा ४५ प्रतिशतले कम हुन जान्छ । साबुनपानीले हात धुने बानी बसाल्दा श्वासप्रश्वासजन्य संक्रामक रोगहरू तथा त्यसबाट हुने मृत्युमा ५० प्रतिशतले कमी हुन जान्छ । सुँडेनीले हात धोएर प्रसव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्यृदरमा कमी आउँछ । विद्यालयमा साबुनपानीले हात धुवाउँदा बालबालिकामा लाग्ने संक्रामक रोग ५० प्रतिशतले कम हुन्छ । नेपाल सरकारले सन् २००१ मा सार्वजनिक गरेको एक अनुमानअनुसार सरसफाइको अभावले मानिस बिरामी भएर उपचारमा हुने खर्च र उत्पादनशीलतामा आउने ह्रासले बर्सेनि देशलाई १० अर्ब रुपैयाँ बराबरको घाटा भइरहेको छ ।

कोरोना प्रभावित क्षेत्रमा पैसाको माध्यमबाट कोरोना फैलने सम्भावना न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा करिब ८४ हजार करोड रुपैयाँ नष्ट ग-यो

सीडीसीका अनुसार मानिसले छोएको ठाउँमा २ घण्टा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ । जतिबेला मानिसले दूषित वस्तु वा सतहलाई छुन्छ, उसको हातमा फोहरमा रहेका कीटाणु टाँसिन्छ र त्यही हातबाट आँखा, मुख र नाक कोट्याउँदा र छुँदा संक्रमण हुन्छ । आजकल जीवाणु र विषाणुजन्य संक्रमण बढी हुने भएकाले पैसा र मोबाइल छोएपछि समेत आत धुने बानी बसाल्न जरुरी छ । हात धुनु आफंैले लिन सकिने एक प्रकारको खोपजस्तै हो ।

हातमा ३२ सय ब्याक्टेरिया : कोलोराडो विश्वविद्यालयको एक खोजमा औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन् । मानव मलमा पाइने रोगाणुसमेत पाइने हातलाई राम्ररी सफा नगरिएको अवस्थामा हात मिलाउँदा, अर्कालाई छुँदा अन्यमा ब्याक्टेरिया सर्दछ । साधा पानीले मात्र नभई साबुनले हात धुँदा धेरै कीटाणु पखालिन्छन् । जलन हुनेले साबुन बदल्न सके पनि ठोस साबुनभन्दा तरल साबुन उपयुक्त हुन्छ । तर, साधारण र एन्टिब्याक्टेरियल साबुनमा ताŒिवक फरक छैन । स्वास्थ्यकर्मीले हातलाई पर्याप्त र उचित रूपमा नधुँदा बिरामीलाई अस्पतालजन्य संक्रमण हुने सम्भावना बढ्छ । उच्च आय भएका राष्ट्रमा सात, मध्यम र न्यून आय भएका देशमा १० प्रतिशत अस्पतालमा भर्ना भएका बिरामीलाई स्वास्थ्य रेखदेखसम्बन्धी संक्रमण हुनेगर्छ । आईसीयूमा भएका गम्भीर र कमजोर रोगीमा ३० प्रतिशतसम्म संक्रमित हुने गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले आंैल्याएका स्वास्थ्यकर्मीका लागि हातको स्वच्छताका पाँच क्षणमा बिरामी छुनुभन्दा अघि, स्वच्छता र कुहिने प्रक्रिया रोक्नुभन्दा अघि, शरीरको तरल पदार्थको सम्पर्कपछि, एउटा बिरामीलाई छोएपछि र रोगीको परिवेशलाई छोएपछि समेत संक्रमणमुक्त हुनेगरी हात धुनुपर्छ । सन् २०१० को जर्नल इन्फेक्सन कन्ट्रोल एन्ड हस्पिटल इपिडिमियोलोजीको अध्ययनमा मात्र ४० प्रतिशत डाक्टर र अन्य स्वास्थ्यकर्मीले अस्पतालमा हात स्वच्छताको नियम पालना गर्छन् ।

पैसाबाट कोरोना पनि सर्न सक्ने : पैसाको माध्यमबाट कोरोना फैलने सम्भावना जसलाई विश्व स्वास्थ्य संगठनले अह्वान गरिसकेको छ । जसलाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका करिब ८४ हजार करोड पैसा फागुन मसान्तमा नष्ट ग¥यो । त्यसो त न्युयोर्क विश्वविद्यालयको एक अध्ययनमा पैसामा पनि सूक्ष्म जीव बाँच्न, दुई सातासम्म जीवित रहन सक्ने र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित छ । पैसामा ३ हजार बढी प्रकारका कीटाणुजस्तै भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु र ढुसी देखिएका छन् । बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया भेटिन्छन् भने तरकारी, मासु, पान, पेट्रोल, जुत्ता सिलाउने र मगन्तेसँगको पैसामा शतप्रतिशत जीवाणु भेटिएका थिए ।

संक्रमणबाट जोगिने सबैभन्दा राम्रो र प्रभावकारी उपाय भनेको नियमित साबुनपानीले मिचीमिची हात धुनु नै हो

अमेरिकाको पैसामा हेपाटाइटिस सीको स्रोतका रूपमा लिइने कोकेन भएको फरेन्सिक साइन्स इन्टरनेसनलले प्रमाणित गरेको छ । दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दुषित थिए । शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर देखिएका छन् । दैनिक रूपमा एक हातबाट अर्का हात हुँदै अत्यधिक आदानप्रदानका कारण तथा थुक, दिसापिसाब, खोकी, हाच्छिउँ आदिबाट एक व्यक्तिबाट अर्काैमा रोग सर्ने गर्छ । कच्याककुचुक गरी राख्ने गरेका पैसामा अझ बढी ब्याक्टेरिया र भाइरस फैलने सम्भावना हुन्छ । नेपालमा पनि बंैकले कीटाणुरहित बनाउने उपकरण र आमजनताले पैसाको प्रयोगपश्चात् साबुनपानीले हात धुने बानीको प्रयोग गर्न जरुरी छ ।

उचित तरिका : विश्व स्वास्थ्य संगठनका अनुसार राम्ररी हात धुनलाई न्यूनतम २० सेकेन्ड खर्चिनुपर्दछ । उचित प्रकारले हात धुन पानीमा हात भिजाएर पर्याप्त साबुन लिएर हातमा राम्ररी फैलाउनुपर्दछ । यसपछि दुवै हातलाई राम्ररी दल्नुपर्दछ । दाँया हातलाई बायाँ हातमाथि दल्दै आंैलाका बीचमा समेत राम्ररी सफा गर्नुपर्दछ । त्यस्तै, बायाँ हात दायाँ हातमाथि राखेर त्यसैगरी सफा गर्नुपर्छ । दुवै हातका आंैलालाई आपसमा समाएर औंलाको पछाडिका खण्ड अर्काे हातमा दल्नुपर्दछ । बायाँ अँगुठालाई दायाँ हातमा समातेर घुमाउँदै दल्नुपर्छ । त्यस्तै, विपरीत क्रममा पनि गर्नुपर्छ । तत्पश्चात् हात पखालेर सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलिया नभए टिस्युपेपरले पुछ्नुपर्दछ । उक्त तौलिया उम्लिरहेको पानीमा धुनुपर्दछ । हात धोएपछि लगाएको लुगाको फेर, खल्तीमा राखिएको रुमाल, सारीको आँचलले पुछ्नुहँुदैन । यसो गर्दा उक्त वस्तुमा भएका कीटाणु चिसो हातमा टासिन गई झन् संक्रमित हुन जान्छ । कमभन्दा कम वस्तु छुने, हातले अनुहार र अन्य अंग नछुने, कुनै वस्तु छोएपछि वा बाहिरबाट घरमा आउना साथ उचित तरिका र प्रक्रियाले हात धुने बानी बसाल्दा नै विभिन्न संक्रमण र रोगबाट बच्न सकिन्छ ।

साबुनपानी नै उत्तम : कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला मास्क र स्यानिटाइजर नपाउँदैमा आत्तिनुपर्दैन । संक्रमणबाट जोगिने सबैभन्दा राम्रो र प्रभावकारी उपाय नै नियमित साबुनपानीले मिचीमिची हात धुने नै हो । सन्देश पु¥याउन नसकेर वा साबुनपानीलाई बेवास्ता गरिएका कारण हारालुछ र कालोबजारी साबुनको हुनुपर्नेमा मास्क र स्यानिटाइजरको भइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि संक्रमण रोकथाममा साबुनपानीले हात धुनुलाई पहिलो प्राथमिकतामा राखेको छ । मास्क ह्यान्ड स्यानिटाइजर जसले शतप्रतिशत रोक्ने होइन, प्रयोग नगरांै भनेको होइन, १०औं गुणा महँगो मूल्य तिरी किन्ने र प्रयोग गर्ने पुरुषार्थ नठानौं भन्ने मात्र हो । साबुनपानी नभएको र हात धुने स्थान नभएमा मात्र स्यानिटाइजर प्रयोग र रुघाखोकी र ज्वरो आएकाले अन्यलाई रोग नसार्न मास्क प्रयोग उपयुक्त हो ।

अन्त्यमा, हुन त वीर गोर्खाली नेपालीमा युरोपेली र अमेरिकीभन्दा रोग प्रतिरोधात्मक शक्ति बढी छ । तर, यसो भन्दैमा जे पायो त्यही र जहाँ पायो त्यहीँ अनि जसरी पनि खानेलाई रोगले छाड्दैन ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

धेरै पढिएका

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

ई-पेपर

(Visited 35 times, 2 visits today)