काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ को नवौँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरिएको थियो ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार विद्यमान चुक्ता पुँजीको १०.१७८ प्रतिशतका दरले करसहित ५१ करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गरिएको छ।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सुशासन, प्रविधि, सेवाग्राहीमैत्री नीति तथा सुदृढ आन्तरिक नियन्त्रणका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान बनाउन सफल भएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)






