गोवाका नेपाली भन्छन् : हामीलाई गाउँ लगिदेउ खेती लाउछौ

गोवा । दक्षिण भारत गोवामा १० हजार बढी नेपाली नागरिक अलपत्र परेका छन् । पर्यटकिय क्षेत्र गोवामा जाने नेपालीहरुले प्राय वर्षमा पाँच महिना काम गरेर नेपाल फर्किने गर्छन् डिसेम्बरदेखी मे सम्म काम गरेर फर्किनेहरु अहिले उतै अड्किएका छन् ।

गोवामा बस्दै आएका लोकेन्द्र सिर्पालीले लकडाउनका कारण गोवामा भएका सबै होटल, रेष्टुरेन्ट र क्यासिनोहरु बन्द भएको जानकारी दिए । घुम्नका लागि आएका पर्यटकहरु आ–आफ्नो मुलुक फर्किइसकेका छन् । भारतका अन्य राज्यका कामदार पनि स्थानिय सरकारको पहलमा आफ्नै ठाउँ फर्किसकेका छन् । ‘यहाँ अहिले लगभग १० हजार नेपाली छौं । यहाँको सरकारले हामीलाई आफ्नै देस जाउ भनिरहेको छ तर, हामी अड्किएका छौं ।’ सिर्पालीले भने ।

मकवानपुरका सन्तबहादुर थिङ गोवा पुगेको ५ महिना भएको थियो । यदि लकडाउन नभएको भए यतिखेर उनी आफ्नै खेतबारीमा काम गरिरहेका हुन्थे तर, अहिले गोवा सरकारले उपलब्ध गराएको रासन खाएर बसिरहेका छन् । ‘हरेक वर्ष पाँच महिना गोवामा काम गरेर वर्खा लागेपछि गाउँ फर्केर खेती गर्थेँ यसपाली कमाएको पैसा पनि सकियो । गाउँमा खेती लाउन पनि पाइएन ।’ उनले भने । यदि नेपाल फर्किने व्यवस्था कसैले गरिदिए लागेको खर्च आफैं बेहोर्ने योजनामा छन् उनी ।

दैलेखका भीम आलेले यसपाली एक रुपैयाँ पनि कमाउन सकेनन् । उनी गोवा पुगेको तीन दिनमै लकडाउन सुरु भयो । ‘असार नलाग्दै घर जान पाए कम्तिमा बर्खेखेती गर्न पाउथेँ ।’ उनले भने । नेपाल गएर १४ दिन क्वारेन्टाइनमा बस्नु पर्छ भन्ने बुझेका भीम भन्छन् ‘यदि आज भोली नै नेपाल जान पाए १४ दिन क्वारेन्टाइनमा बसेर पनि असारमा खेती लगाउन पुगिन्थ्यो ।’

नेपालका विभिन्न स्थानबाट काम खोज्दै गोवा पुगेकाहरु आग्रहको भाषामा भन्छन् ‘जसरि हुन्छ हामीलाई गाउँ जाने व्यवस्था गरियोस् यहाँ कमाउन नपाएपनि वर्खामा खेती गरेर केही महिनालाई अन्नको जोहो गर्ने थियौं ।’

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी