काठमाडौं ९ का सांसद प्रत्याशी इरस श्रेष्ठ आजपामा प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–९ का सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठले काठमाडौं क्षेत्र नं. -९ बाट ‘लौरो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । आइतबार काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठसहित दर्जनौँ नेताहरू आजपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमका क्रममा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेष्ठसहित नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरे ।

श्रेष्ठसँगै रौतहटको गुजरा नगरपालिकाका सामाजिक व्यक्तित्व तथा युवा प्रतिभाहरू नेयाज देवान, मो। साफिक, फिरोज देवान, समिम मियाँ, जाबेद हुसैन, बच्चे बाबु, हाफिज महम्मद, जुनैद देवान र मो. काबिर लगायतले पनि आजपामा प्रवेश गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए ।

कार्यक्रममा आजपा केन्द्रीय सदस्य सुधिर यादव, प्रवक्ता चन्द्रभूषण साह, नेता विजय यादव, बबिता यादवलगायतको विशेष उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

'प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार