कांग्रेस फुट्नबाट जोगाउन निर्णायक प्रयास

काठमाडौं । विशेष महाधिवेशन सँघारमा पुगेको नेपाली कांग्रेसलाई फुटबाट जोगाउने अन्तिम र मध्यमार्गी उपाय खोजी सुरु भएको छ । जेनजी आन्दोलनपछि विकास भएको नेतृत्व हस्तान्तरण मुद्दाले कांग्रेसमा ‘नियमित महाधिवेशन कि विशेष ?’ भन्ने बहस चल्दैगर्दा तोकिएको नियमित महाधिवेशन गर्न संस्थापन पक्ष तयार नभएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती आइतबार काठमाडौंमा उद्घाटन हुने विशेष महाधिवेशनले नीति र नेतृत्व नै बदल्नसक्ने संकेत गर्दै महामन्त्री थापाले कांग्रेसलाई एक्लै लड्नसक्ने रहरलाग्दो पार्टी बनाउने दाबी गरिरहेका छन् । उनले नीति र नेतृत्वका लागि महाधिवेशन दावी गरिरहँदा संस्थापननिकट नेताले भने भूराजनीति प्रभावले कांग्रेस विभाजनको डिलमा पुगेको भन्दै विशेष महाधिवेशनको विरोध जनाएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाले उद्घाटन नगरेको खण्डमा महामन्त्री थापा र शर्माले उद्घाटन गर्ने तथा बन्दसत्रबाट नीति एवं नेतृत्व हस्तान्तरणको निर्णायक ‘मूभ’ हुनसक्ने प्रतिनिधिले बताएका छन् । महाधिवेशन प्रतिनिधिले नेतृत्व हस्तान्तरणसँगै भावी प्रधानमन्त्रीका रूपमा महामन्त्री थापालाई अगाडि सार्ने नीति लिएको छ ।

सहमतिको सुत्र ‘संकल्प प्रस्ताव’
कांग्रेस विशेष महाधिवेसनमार्फत पार्टीलाई एकताबद्ध बनाएरै लैजान विशेष प्रस्ताव तयारीमा जान सकिनो मध्यमार्गी प्रस्ताव विषयमा भित्रभित्रै छलफल सुरु भएको छ । विशेष महाधिवेशनले संकल्प प्रस्ताव पारित गर्ने र पारित संकल्प प्रस्तावलाई संस्थापनले पनि स्वीकार्ने अवस्था रहेको खण्डमा नेतृत्वको वैकल्पिक अभ्यास नहुन सक्ने गगन–विश्वप्रकाश निकट एक नेताले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति