काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ र जेनजी अभियन्ता सुदन गुरुङले प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन । जेनजी आन्दोलनका क्रममा चर्चामा आएका गुरुङले गोरखा–१ बाट उम्मेदवारी घोषणा गरेका हुन् भने काठमाडौं–२ वा ९ बाट उठ्ने घोषणा गरेकी तामाङले कुनै पनि दलमा आबद्ध नहुने बताएकी छन् ।
तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु ।’ जेनजी आन्दोलनका अगुवा गुरुङ भने रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने घोषणा गरेका उनले लेखेका छन, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात ।’
सम्बन्धित समाचार
विकासका लागि समन्वय गर्दै चितवनका पालिकाहरू
काठमाडौं–१ मा कांग्रेसबाट प्रकाशमान र बाबुराम सिफारिस
गण्डकीमा दुुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता
भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा उद्घाटन
निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने
जिल्लाको आदेशविरुद्ध उच्च अदालत गए टोपबहादुर रायमाझी
जेनजी अगुवा सुदन गुरुङले गरे गोरखा –१ बाट निर्वाचन लड्ने घोषणा






