स्थानीय तह बालबालिकाको हक अधिकार संरक्षणमा सक्रिय

बारा । महिला तथा बालबालिकाको हक अधिकारको संरक्षणमा देवताल गाउपालिका सक्रिय रुपमा काम गरिरहेको छ । गाउँपालिका अध्यक्षको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरी बालबालिकाको हक अधिकारको संरक्षणमा देवताल गाउपालिका सक्रिय रुपमा काम गरिरहेको प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवले बताए ।

न्यु फ्रेन्ड क्लबको सहकार्यमा ऐन निर्माण गरी वडास्तरीय बालबालिका अधिकार समिति गठनको तयारी समेत भइरहेको यादवले बताए । उपाध्यक्षको नेतृत्वमा गठन भएको न्यायिक समितिमा ५०-६० को हराहरीमा पर्ने गरेको उजुरी समाधान गर्ने गरेको उनले बताए । आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको मुद्दा मामिलालाई सम्बन्धित निकायमा पठाउने गरेको प्रशासकीय अधिकृत यादवले बताए ।

त्यसतै कलैया उपमहानगरपालिकाले महिला तथा बालबालिका हिसा सिफारिस प्रणाली -२०८२ नगरसभाबाट पारित गरिसकेको समाजिक विकास शाखा प्रमुख तपसी चौरसियाले बताए । उपमहानगरको १० वटा शाखालाई समेटी १० वटा समिति गठन गरि महिला तथा बालबालिकाविरुद्ध हुने हिसा न्युनिकरण गर्न सो प्रणाली कार्यान्वयनमा ल्याएको उनले बताए ।

महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले संविधानमा महिला तथा बालबालिकाको हक अधिकार संरक्षण ’bout प्रष्ट उल्लेख गरेको बताए । बालविवाहको अन्त्य, महिला तथा बालबालिकामाथि हुने जघन्य अपराधमा स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको अधिवक्ता श्रेष्ठले बताए ।

कलैया,बारागढी,देवताल, महागढीमाई,करैयामाई लयायतको स्थानीय तहले महिला तथा बालबालिका विरुद्ध हुने हिसा न्युनिकरणको लागि कार्यक्रम गर्दै आएको उनले जानकारी गराए ।

फ्रेन्ड्स विदआउट बोर्डर्स र एफडब्लुएलडीको आयोजनामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि पालिकास्तरीय नीतिगत पहल सम्बन्धी पत्रकारहरूसँग जानकारी कार्यक्रम कलैया स्थित दरबार होटलमा सम्पन्न भएको थियो । कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, निभा साह, बृजमोहम कुशवाहा लगायत विभिन्न संचारगृहका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

'प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार