काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन् । रास्वपा नेपालसँग एकता भाँडिएसँगै घिसिङ पार्टीको अध्यक्षमा नियुक्त भएको पार्टी प्रवक्ता डा।राजु थापाले जानकारी दिए । उनका अनुसार उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । अहिले उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक चलिरहेको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।
रास्वपा सचिवालयको आकस्मिक जुम बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बसेको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक बसेको प्रवक्ता मनिष झाले जानकरी दिए । उनका अनुसार ‘जुम’ माध्यमबाट भएको बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ ।
पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उनले बताए ।






