सर्लाहीमा तालिम प्राप्त किशोर किशोरीले ५ सयलाई रुपान्तरण जीवन उपयोगी सीप सिकाउने

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा किशोर किशोरीले किशोर किशोरीको सशक्तिकरणका लागि रुपान्तरण जीवन उपयोगी सीप सिकाउने भएको छ । हरिपुर्वा नगरपालिकामा ३ सय र पर्सा गाउँपालिकामा २ सय जना किशोर किशोरीलाई जीवन उपयोगी सीप सिकाउने भएको हो ।

बागमती सेवा समाज नेपाल, सर्लाहीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालबालिका तथा किशोर किशोरीको सशक्तिकरणका लागि रुपान्तरण जीवन उपयोगी सीप तालिम प्रदान गरेको थियो ।

हरिपुर्वा नगरपालिकाका २४ जना र पर्सा गाउँपालिकाका १६ जना गरी ४० जना किशोर किशोरी लाई दक्ष बनाउन ५ दिनसम्म प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो। अब ४० जनै किशोर किशोरीले समुदाय स्तरमै पुगेर आफू जस्तै बालबालिका तथा किशोर किशोरीलाई २६ हप्तासम्म कक्षा संचालन गरी साथी शिक्षक तयार गर्ने संस्थाका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिए ।

बागमती सेवा समाज नेपालका कार्यक्रम बिभाग प्रमुख भरतकुमार कार्कीले यस प्रकारका तालिमले बालबालिका तथा किशोर किशोरीहरुको क्षमता अभिवृद्धि भई जीवन रुपान्तरणमा समेत भूमिका खेल्ने बताए ।

यसैगरी वल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरीले बालबालिकाहरु माथि हुन सक्ने दुब्र्यबहार, हिंसा जस्ता घटना कम गर्न यस प्रकारको तालिमले सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति