तेस्रो तीनपोखरी कपः मकालु र सित्तलपाटीको विजयी सुरुवात

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । तीनपोखरी समाज विकास क्लव खाँदबारी –७ को आयोजनामा तेस्रो आमन्त्रित पुरुष फुटबल प्रतियोगिता २०८२ आज देखि खाँदबारी नगरपालिका–७ खाँदबारी रंगशालामा सुरु भएको छ ।

माघे सक्रान्तिको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन मकालु फ्रेन्स्ड क्लव र सित्तलपाटी फुटबल क्लवले विजयी सुरुवता गरेका छन् ।

आज भएको पहिलो खेलमा आयोजकलाई हराउँदै मकालु फ्रेन्स्ड क्लवले जित सुरु सुरुवात गरेको हो । आयोजक तीन पोखरी फुटबल क्लवलाई २–० गोल अन्तरले हराउँदै मकालु फ्रेन्स्ड क्लवले जित सुरु गरेको छ । पहिलो हाफमा दुबै टिम आक्रमक खेल प्रस्तुत गरेपनि कुनै गोल हुन सकेन । दोस्रो हाफको १३ मिनेटमा मकालुका रोशन आचार्यले १ गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा जिन मगरले दोस्रो गोल गर्दै टिमलाई विजयी बनाएका थिए । त्यस्तैगरी आज भएको अर्को खेलमा विभागिय टिम सशस्त्र प्रहरी पकलीलाई पराजित गर्दे सित्तलपाटी फुटबल क्लवले विजयी सुरुवात गरेको छ । आज भएको दोस्रो खेलमा सित्तलपाटीले २–० गोल अन्तरले विभागीय टिम ससस्त्र प्रहरीलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताउनु भयो । प्रतियोगितामा भाग लिने खेलाडीको ४० हजार रुपैयाँको विमा समेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र, उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन माघ १ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

'प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार