गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको हो । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे ।

नी भारतीय मूलका नेपालीभाषी गायक हुन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यही उनको निधन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२