सिमलताल नजिकै भेटियो बसको टुक्रा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

सो बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ । प्रहरी पठाएर त्यस’bout यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।

बालुवामा पुरिएको अवस्थामा अवशेष भेटिएको छ । गत वर्ष त्रिशूलीमा खसेर दुई वटा डिलक्स बस हराएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार २५ जनाको शव भेटिएको थियो भने, ४० जना बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

फिनल्यान्डका वैज्ञानिक तारविना हावामा बिजुली प्रवाह गर्न सफल