काठमाडौं । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले अब कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफ्नो नीति छोड्दा समस्या भएको बताए। ‘कांग्रेसले आफ्नो नीति छोडेका छौँ, कम्युनिस्टको नीति भित्र्याएका छौँ। त्यसैले हामी कमजोर भएका छौँ,’ शर्माले भने, ‘कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने भएको छ।’
बीपी कोइरालाको कांग्रेस बनाउनुपर्ने उनको भनाइ थियो। त्यसका कांग्रेसको पुरानो नीति अवलब्न गर्नुपर्नेमा उनले जोड दिए। ‘२०४७ सालको संविधानअनुसार, हिन्दूराज्य, संवैधानिक राजनतन्त्र राखौँ,’ शर्माले भने।
विशेष महाधिवेशनले नीतिसँगै नेतृत्व पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। ‘नयाँ नेतृत्व निर्वाचित गरेर फर्केर जानुछ,’ उनले भने।
उनी कांग्रेसको गण्डकी प्रदेशका सभापति हुन्।






