सेवाग्राही–सेवा प्रदायकबीच सम्बन्ध सुदृढ गर्न संखुवासभामा नागरिक सुनुवाइ

संखुवासभा । सेवाग्राही र सेवा प्रदायकबीचको दोहोरो सम्बन्ध सुदृढ गर्दै आपसी समझदारी अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाको संयुक्त आयोजनामा पाँचखपन नगरपालिका–१० स्थित वाना बजारमा आयोजित उक्त कार्यक्रममा सेवाग्राही र सेवा प्रदायकबीच देखिने असमझदारी हटाई सुशासन, पारदर्शिता, जवाफदेहिता तथा जिम्मेवारीको बोध गराउँदै प्रभावकारी सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको थियो ।

कार्यक्रममा बोल्दै पाँचखपन नगरपालिकाकी उपप्रमुख सुमुना श्रेष्ठले सुशासन कायम गर्न नागरिक र राज्यका निकायबीच सहकार्य अपरिहार्य रहेको बताइन् । उनले नागरिक सुनुवाइ जस्ता कार्यक्रमले सेवा प्रवाहमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले सेवाग्राही र सेवा प्रदायकबीचको असमझदारी हटाउँदै पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको अनुभूति गराउने उद्देश्यका साथ नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले नागरिकलाई आफ्ना अधिकार, कर्तव्य तथा प्रहरी सेवा’bout सहज रूपमा जानकारी गराउँदै नागरिक–प्रहरीबीच ‘एक हौं’ भन्ने भावना स्थापित गर्न कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रहरी नायब उपरीक्षक मैनालीका अनुसार पछिल्लो समयमा नेपाल प्रहरीले स्थानीय समुदायसँग साझेदारी गर्दै नागरिकमैत्री गतिविधि विस्तार गरिरहेको छ। अपराध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा पनि प्रहरीले कुनै कसर बाँकी नराखी जिम्मेवारीपूर्वक कार्य गरिरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा सहभागी नागरिकहरूले प्रहरीलाई अझ नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बन्न सुझाव दिएका थिए। वक्ताहरूले नागरिकप्रति उत्तरदायी सेवा प्रवाह नै सुशासनको आधार भएकोमा जोड दिएका थिए ।

सो अवसरमा प्रहरी निरीक्षक मेघराज अर्यालले आर्थिक वर्षभरि जिल्ला प्रहरी कार्यालयले गरेका काम, गतिविधि तथा कारबाही’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२