काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब नयाँ ढंगले जाने मुडमा रहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी र देशलाई बलियो बनाउन नयाँ ढंगले जानुपर्ने बताए । त्यसका लागि आफूहरू रहेको बताउँदै शर्माले भने, ‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मुडमा छौँ। नयाँ आशा जगाएर जान्छौँ ।’
विशेष महाधिवेशनबाट नविन सोचको खोजि गरे। अघि बढ्ने बताएका छन्। कांग्रेसबाट यसको सुरुवात गर्ने बताउँदै उनले भने, ‘देशलाई शासन मात्रै होइन, सुशासन पनि दिन्छौँ ।’
जेनजी आन्दोलनपछिको अवस्थामा नेतृत्व बदलिन नचाहेको उनको भनाइ थियो। अब आफू पनि बदलिन र देशलाई पनि बदल्नुपर्ने उनले बताए। ‘बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ,’ शर्माले भने, ‘हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ। कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’
जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनासँग समाजलाई पनि जोड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘ध्वंस भएका भवन मात्रै होइन, मनलाई पनि जोड्न विशेष महाधिवेशनमा उभिएका छौँ,’ उनले भने।






