सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता दोस्रो दिन जारी छ । तीनपोखरी समाज विकास क्लवको आयोजनामा तेस्रो आमन्त्रित पुरुष फुटबल प्रतियोगिता २०८२ खाँदबारी नगरपालिका–७ खाँदबारी रंगशालामा जारी छ ।
आज भएको पहिलो खेलमा खाँदबारीलाई हराउँदै झापा सेमिफाइनल प्रवेश गरेको छ । खाँदबारी युथ क्लवलाई १ –० गोल अन्तरले हराउँदै चुलाचुली स्पोटिङ क्लव झापा सेमिफाइनल प्रवेश गरेको हो ।
झापाले १ –० गोलले जित निकालेको हो । झापाका प्रमोद दर्जीले पहिलो हाफको थप समयको ९ औँ मिनेटमा १ गोल गर्दे टिमलाई विजयी बनाएका हुन् ।
त्यस्तैगरी आज भएको अर्को खेलमा उदयपुरलाई पराजित गर्दै सेकाहा सेमिफाइनल प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा सामुदायिक विकास क्लव सेकाहाले ३–० गोल अन्तरले बेलका युथ क्लव उदयपुरलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
सेकाहाका ग्रिस राईले खले सुरु भएको दुई मिनेटमा १ गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । त्यस्तैगरी धुब्र सुब्बाले पहिलो हाफको ६ औैँ मिनेट र १८ औँ मिनेटमा गोल गर्दै सेकाहालाई जिययी बनाएका थिए । सोमबारको पहिलो खेल मकालु फेन्डस क्लव भर्सज चुलाचुली फुटबल क्ल झापा बीच हुनेछ ।
माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता माघ १ गते समापन हुनेछ । प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए ।
प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र, उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीको ४० हजार रुपैयाँको विमा समेत गरिएको आयोजकले जनाएको छ ।






