विजयपुरगढी–साँगुरीगढी–पाख्रीबास पदयात्रा सुरु

धनकुटा । नेपाली सेनाले ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु गरेको छ। सेनाले आइतबार सुनसरीको विजयपुरगढी–धनकुटाको साँगरीगढी–पाख्रीबाससम्म पदयात्रा सुरु गरेको हो। सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरुभई धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा पुगेर समापन हुनेछ। पदयात्राको पहिलो दिन सुनसरीको बिजयपुरगढीबाट धनकुटाको साँगुरीगढिसम्म आएर एक कार्यक्रमको आयोजना गरीएको थियो। कार्यक्रममा नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाले छलिया नृत्य समेत प्रस्तुत गरेको थियो। साँगुरीगढीमा नेपालको झण्डा उत्तोलन गरिएको थियो।

साँगुरीगढीमा नेपाल एकीकरणताका एकीकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमाण्डर अभिमानसिंह बस्नेतले वि.सं. १८३१ मा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहीँबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो। त्यसो त कोशी राजमार्ग निर्माण हुनुपूर्व पूर्वी पहाडी क्षेत्रका नागरिकको हिडेर ढाकरमा नुन तेल लिनलाई धरान जाने मुख्य नाका पनि यहीँ हो। यसैलाई आधार मानि नेपाली सेनाले पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ पदयात्रा आयोजना गरेको हो। सेनाले कला संस्कृति तथा धार्मिक र पर्यटकीय स्थलको संरक्षणका साथ पदयात्रालाई महत्वपरुर्ण रुपमा दिलएको बताएको छ।

पदयात्रा दोस्रो दिन साँगुरीगढिदेखी पुनः पदयात्रा सुरु हुने र ३० गते पाख्रीबासमा पुगेर समापन हुने बताइएको छ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले बताए। पदयात्राले ऐतिहासिक रुपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवद्र्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उदेश्यले पदयात्रा गरिएको उनले बताए।

कार्यक्रममा पुर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरव कुमार केसीले इतिहास संरक्षमा लागी पदयात्रा तय गरेको जानकारी दिदै उनले भने नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबास लगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्¥यान पदयात्रा गरिएको समेत बताए। पदयात्रामा धनकुटा र धरानका विभिन्न सरोकारवाला, पर्यटन व्यवसायी र स्थानीय तथा नेपाली सेनाको सहभागिता रहेको थियो।

पदयात्रााको अवसरमा खुल्ला महिला र पुरुषतर्फ १० किलोमिटर र १६ वर्ष उमेर समूहका विद्यार्थीहरु लागि ५ किलोमिटर दौड प्रथियोगिता समेत गरिएको थियो। कार्यक्रममा प्रतियोगिताका खुल्ला पुरुष र महिलातर्फ प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश ः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ रहेको छ। यस्तै ५ किलोमिटर विद्यार्थी महिलातर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र वितरण गरिएको थियो। उनिहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली, तथा पुर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरव कुमार केसी, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जिल्ला समन्वय समिती उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिका प्रमुख भिमादेवी खनाल, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, धनकुटाका ईतिहास विद डा. गोपाल बहादुर भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब