सहमतिका लागि वार्ता भएपछि कांग्रेस विशेष महाधिवेशनमा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले पार्टी नेतृत्वविरुद्ध प्रदर्शन गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्र हल अगाडि उनीहरूले ‘त्रिपक्षीय वार्ता धोका हो’, ‘समझदारी मान्दैनौं’, ‘झुटो वार्ता मान्दैनौं’ र ‘नेतृत्व फेर्न निर्वाचन गर’ जस्ता नारा लगाउँदै आक्रोश पोखेका हुन् ।

विशेष महाधिवेशन पुस २७ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित यस महाधिवेशनमा संस्थापन पक्षको असहयोगका बाबजुद पनि बहुमत प्रतिनिधिहरूको सहभागिता रहेको छ । आज तेस्रो दिनसम्म आइपुग्दा महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ ।

प्रदर्शनकारी प्रतिनिधिहरूले हाल चलिरहेको त्रिपक्षीय वार्तालाई ‘धोका’ र ‘झुटो’को संज्ञा दिएका छन् । पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन, शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते