गुल्मी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ।
प्रशासनले मंगलबार जारी गरेको सूचनामा सबै हतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ। निर्वाचन सम्पन्न भएपश्चात बुझाइएका हातहतियार फिर्ता लिने व्यवस्था रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेका अनुसार जिल्लामा हाल ७८ वटा इजाजतप्राप्त हातहतियार दर्ता भएका छन्। उनले दिँदै भने, “कानुनविपरित रूपमा हातहतियार राख्नेलाई कानुन अनुसार कारवाही गरिनेछ।”
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)






