संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित

काठमाडौं । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रूपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ । एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् ।

नेपालमा १० माघ २०७७ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो ।

गत ५ जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य विज्ञहरूले परीक्षणको दायरा केही बढाइएकाले संक्रमण दर बढेको बताएका छन् ।

एक हप्तामा संक्रमणको दर
जेठ         संक्रमित (थप)
५ गते        ८०
६ गते       २७
७ गते       २५
८ गते       ३०
९ गते       ५९
१० गते      ६८
११ गते      २४

संक्रमितमध्ये अहिलेसम्म तीन जनाको निधन भएको छ । नेपालमा संक्रमित पुष्टि भएको चार महिनाको अवधिमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय आठ पुगेको छ । संक्रमितमध्ये ५ सय २९ पुरुष र ७९ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५ सय १३ जना आइसोलेसनमा उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हालसम्म ८७ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ५ सय २१ जना उपचाररत रहेको र अधिकांशमा लक्षण देखिएको छैन । यसरी हेर्दा संक्रमितमध्ये निको भएर डिस्चार्ज हुने दर १४ प्रतिशत रहेको छ ।

आरटी–पीसीआर प्रविधिबाट ४८ हजार ८ सय १५ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । हालसम्म ४२ जिल्लाका नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ । पर्सामा ९४ जना संक्रमित फेला परेका छन् ।

रूपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५, सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ । यस्तै, काठमाडौंमा १२, चितवन, भक्तपुर र नवलपरासीमा ६ तथा दाङमा पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान