४५ दिनमा सकियो चलचित्र ‘हन्टर’को छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘हन्टर’को छायांकन बुधवारबाट सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन सहित ४५ दिनमा इन्ड क्लाप गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । यो चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह, गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारी, रुजा राउत, सुप्रज्ञा शर्माको मुख्य भूमिका रहेको छ । कृष्ण थापाको डीओपी रहेको ‘हन्टर’मा शुक्रा शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको छ ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा सुदूरपश्चिमको कथा प्रस्तुत गरिने निर्देशक सिंहको भनाइ छ । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब