त्रिवेणी कप भलिवल प्रतियोगिताको उपाधि आयोजकलाई

धनकुटा । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ। चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थलस्थित हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजक त्रिवेणी खेलकुद समितिीले उपाधि जितेको हो।

फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा हराउदै उपाधि जितेको हो। विजेता आयोजक त्रिवेणी खेलकुद समितिले उपाधिसँगै नगद एक लाख ११ हजार एक सय ११ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश प्रहरीले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ।

कोशी प्रदेशका ६ टीमको सहभागीता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेल घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँ हात पारे। यस्तै उत्कृष्ट लिब्रो कोशी प्रहरीका युगल मगर, उत्कृष्ट सटर आयोजकको जितेश राई, उत्कृष्ट ब्लकरमा कोशी प्रहरीका ऋषि घिमिरे, उत्कृष्ट स्पाइकर आयोजकको रविन गौतम घोषित भए।

उनीहरुले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ। विगत तीन वर्षदेखि सुरु भएको प्रतियोगिताको यो पटक तेस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२