एमालेद्वारा झापामा ६२ सदस्यीय भोलेन्टियर फोर्स घोषणा

काठमाडौं । नेकपा एमालेले झापामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। विकास गिरीको संयोजकत्वमा फोर्स घोषणा गरेको हो।

नेकपा एमालेको जिल्ला पार्टी कार्यालय झापामा आयोजित एक कार्यक्रमकाबीच नेसनल भोलेन्टियर फोर्सका घोषणा गरिएको थियो। यूथ भोलेन्टियर फोर्स झापाको सहायक कमान्डरहरूमा भानु सुब्बा र बाबु लिम्बूलाई तोकिएको छ।

फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले नेसनल भोलेन्टियर फोर्स झापाको पहिलो जिल्ला नेतृत्व घोषणा गर्दै उनीहरूलाई शपथग्रहण गराएका छन्।

श्रेष्ठले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठनविस्तार गर्ने दाबी गरे। देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरू एक हुन उनले आह्वान गरे। देश जलाउने र बनाउने बीचको भिन्नता छुट्टाएर अघि बढ्न उनले युवाहरूलाई आव्हान समेत गरे।

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य झापा संयोजक रोमनाथ ओली, नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल लगायत सहभागी थिए।

नेसनल भोलेन्टियर फोर्स जिल्लाको टोल टोलमा सुरक्षा दस्ताका रूपमा गठन गर्दै जाने झापाका कमान्डर विकास गिरीले बताए। अप्ठेरो अवस्थामा सुरक्षाको निम्ति यो फोर्स गठन गरिएको दाबी गरे।

गत मंसिर ५ गते काठमाडौँमा नेकपा एमालेले युवा दस्ता ‘नेसनल भोलेन्टियर फोर्स’ को केन्द्रीय कमान्ड घोषणा गरेको थियो। काठमाडौँको माइतीघरस्थित कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्डर घोषणा गरेका गरेका थिए।

केन्द्रीय कमान्डरको प्रमुखमा पुष्पराज श्रेष्ठ नेतृत्वले अहिले फोर्सलाई जिल्ला तहमा पुर्‍याउन थालेको हो।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब