‘प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार

काठमाडौं । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदार बनाउने भएको छ ।

खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।

‘पहिले लचक हुने कि भन्ने थियो तर अब जसरी पनि बलियो उम्मेदार बनाउने भन्नेमै पुगियो, नेता खेममानलाई उम्मेदार बनाएर जाने कुरा भयो’ ती नेताले भने ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२