झन्डावाल गाडीमा सञ्चारमन्त्री खरेलको चुनावी दौडधुप

काठमाडौं । अन्तरिम सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको दिनचर्या आसन्न चुनावका लागि उपयुक्त क्षेत्र खोज्दै जनमत बुझ्नमै बितिरहेको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन गैरदलीय भूमिकामा मन्त्रीपरिषदमा जोडिएका विशेषज्ञ मन्त्री खरेल पछिल्ला केही दिन ललितपुर–२ को घरदैलो अभियानमा छन् ।

सञ्चारमन्त्री खरेल मन्त्रीको रूपमा प्राप्त सरकारी झन्डावाल गाडी लिएर हरेक दिन आङ्खनो निजी निवास रहेको ललितपुर क्षेत्र नं २ का विभिन्न क्षेत्रमा घरदैलो जस्तै अगुवा सामाजिक व्यक्तिको भेटघाट तथा जनस्तरमै पुगिरहेका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारमा सञ्चार क्षेत्रको विज्ञ व्यक्तिको रूपमा दलीय आबद्धता नभएको व्यक्ति बनेर मन्त्री बनेका खरेलको दलीय आबद्धताको विषय पटक पटक विवादित बनेको छ ।

सञ्चारमन्त्री खरेल मन्त्रीका रूपमा प्राप्त सरकारी झन्डावाल गाडी लिएर हरेक दिन आफ्नो निजी निवास रहेको ललितपुर क्षेत्र नं २ का विभिन्न क्षेत्रमा घरदैलोजस्तै अगुवा सामाजिक व्यक्तिको भेटघाट तथा जनस्तरमै पुगिरहेका छन् । जेनजी आन्दोलनपछि गठित सरकारमा सञ्चार क्षेत्रका विज्ञ व्यक्तिका रूपमा दलीय आबद्धता नभएको व्यक्ति बनेर मन्त्री बनेका खरेलको दलीय आबद्धता विषय पटकपटक विवादित बनेको छ

मन्त्री बन्नुभन्दा केही अघिसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको भन्दै विवादमा जोडिएका मन्त्री खरेल सरकारको राजनीतिक संवाद समितिको सदस्यको रूपमा दलका पार्टी कार्यालय पुग्दा रास्वपा कार्यालयको गतिविधि चर्चामा रहेको थियो । पछिल्ला केही दिनमा उनले जनमत बुझ्न टोल घुम्दै रास्वपाका लागि माहौल बनाइरहेको र रास्वपाबाटै उम्मेदवार बन्न लागेको विषयले यो सरकार सुरुदेखि नै सार्वजनिक नभएका रास्वपाका नेताहरू रहेको सरकारजस्तै भएको टिप्पणी हुन थालेको छ ।

यःमरी पुन्हीको दिन मन्त्री खरेल ललितपुर–२ मा पर्ने ललितपुर महानगरपालिकाको वडा नं १६ मा पर्ने बंगलामुखी पुगे । कुम्भेश्वर र बंगलामुखीमा हजारौं भक्तजन सहभागी हुने ठाउँमा पूजाका लागि भन्दै पुगेका मन्त्री खरेलले धेरै बेर स्थानीयसँग कुराकानी गरेर राजनीतिक दलहरूको विषयमा र जेनजी आन्दोलनपछि आफूहरूलाई आइपरेको जिम्मेवारीको विषयमा आफैंले खोस्री खोस्री कुरा गरेको स्थानीयहरू बताउँछन् ।

सञ्चारमन्त्री खरेल १५ मंसिरमा ललितपुर महानगरपालिका–६ मा पर्ने अरनिकोको जन्मघर पुगे र सो वडाका वडाध्यक्षसँग भेटघाट तथा स्थानीयसँग अन्तक्र्रिया गरे । अरनिकोको जन्म र कला क्षेत्रसँग जोडेर पाटनको हस्तकलाको प्रवर्धनलगायतका विषयमा चुनावी नारा शैलीमा सम्भावनाका कुराहरू गरेर वडाध्यक्षसहित स्थानीयको स्वागत सम्मान ग्रहण गरेर फर्किए ।

गत १९ मंसिरमा पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण तथा स्थानीयहरूसँग अन्तक्र्रिया गरेका मन्त्री खरेलले १५ पुसमा महालक्ष्मी नगरपालिकाको वडा नं ९ लामाटार पुगेका स्थानीयसँग भेटघाट र वडाका जनप्रतिनिधिसँग अन्तक्र्रिया तथा अवलोकन गरेका छन् ।

सञ्चारमन्त्री खरेलले वडा नं ६ मा रहेको सिद्धिपुर सामुदायिक अध्ययन केन्द्रदेखि महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा रहेका अग्रणी सामाजिक संघसंस्था तथा राजनीतिक एवं सामाजिक अगुवाहरूसँग भेटघाट गरेका छन् । बहालवाला मन्त्रीले फोन गर्दै धमाधम भेट्न गएको विषयले महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकातर्फको ललितपुर–२ मा पर्ने क्षेत्रमा खरेलको दौडधुपलाई चुनावी दौडधुपकै रूपमा हेरिएको छ ।

उम्मेदवारी दर्तापछिको घरदैलो शैलीमा आङ्खनो निर्वाचन क्षेत्र दौडेका मन्त्रीले पटक पटक भेटेका ललितपुर–२ का एक जना राजनीतिक अगुवाले भने सोचेजस्तो र दौडेजस्तो साथ हुन सक्ने बताए । उनले भने, ‘मन्त्रीज्यूको शैलीले यही चुनाव उठ्न खोजेको देखियो, ललितपुर–२ ले अलिक बेग्लै इतिहास बोकेको छ, मार्सलजुलुम शाक्यलाई हराएर एउटा किसानको छोरोलाई जिताएको क्षेत्र हो, झन्डा हल्लाउँदै आएकाहरूसँग लोभिन्नौं ।’

दोलखामा जन्मिएका मन्त्री खरेल लामै समयदेखि ललितपुरमा बसोबास गरे पनि खासै सामाजिक गतिविधिमा सक्रिय नहुने र करेसैमा भएका संघसंस्था र सामाजिक अभियानमा समेत नदेखिने व्यक्ति हुन् । उनको सचिवालयले सार्वजनिक गरेका तस्बिर र टिप्पणीहरूका अनुसार गम्भीर समुद्र सेतु विद्यालयको वार्षिकोत्सव कार्यक्रम बाहेक अन्य भेटघाट औपचारिक भन्दा अनौपचारिक रहेको देखिन्छ ।

ललितपुर क्षेत्र नं २ मा ललितपुर महानगरपालिकाको वडा नं ६,७,८,९,११,१२,१६,१७,१९ र महालक्ष्मी नगरपालिका पर्छ । मन्त्री खरेल उनको क्षेत्रमा पर्ने यी क्षेत्र बाहेक अन्यत्र सहभागी भएको देखिँदैन । उनले ललितपुर–२ मा बसोबास गर्ने स्थानीय समुदायमा प्रभाव पार्ने व्यक्तिहरूलाई खोजवीन गर्दै सम्पर्क गरिरहेकोसमेत पाइएको छ ।

पुस माघको चिसोमा टोल टोलमा पुगेर अन्तरिम सरकारको कामको प्रभाव बुझ्न जगदीश पक्कै गएका होइनन् भन्दै गैरदलीय सरकार भन्नुभन्दा तत्काल राजीनामा गर्नु बेस भन्दै सुझाव दिनेहरू पनि उत्तिकै छन् । चुनावी सरकारको रूपमा रहेको मन्त्रीपरिषदमा रहेका मन्त्रीहरू ठूला टेन्डरहरूका विवादमा सचिव सरुवादेखि विभिन्न विवादित काममा जोडिएका समाचारहरू बाहिरिइरहेका बेला जगदीशका जाँगरको पनि चर्चा चुनावी सरकारका लागि भन्दा आउँदो राजनीतिकै लागि भएको चर्चा छ ।

तपाइको प्रतिक्रिया
(Visited 606 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब