बारा । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको छ । फाल्गुण २१ गते हुने प्रतिनिधि सभा चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका सञ्चारकर्मीहरु बीच जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्रले बारा जिल्ला संवेदनशील रहेकोले एकीकृत सुरक्षा योजना २०८२ तर्जुमा गरी कार्यान्वयनमा आई सकेको उनले बताए । मधेशको भौगोलिक परिस्थिति अनुसार निर्वाचन केन्द्रलाई तीन भागमा बिभाजन गरेको उनले बताए । अति संवेदनशील अन्तर्गत १ सय ४५ मतदान स्थल, २ सय ७८ मतदान केन्द्र, संवेदनशील अन्तर्गत १ सय ८ मतदान स्थल, २ सय १७ मतदान केन्द्र सामान्यमा ५२ मतदान स्थल र ९२ मतदान केन्द्र रहेको बताए ।
जिल्लामा चार हजार ३४ निर्वाचन प्रहरी आवश्यक रहेकोले सो को भर्ना प्रक्रिया सुरु गरिसकेको समेत उनले जानकारी गराए । जस मध्ये ८ हजार ४ सय ३७ जनाको आवेदन परिसकेको उनले बताए । निर्वाचन प्रहरीको छनोटको कार्यक्रम शुरु गर्ने बताए ।
निर्वाचन भए रहित सम्पन्न गराउन सुरक्षा समिति पुर्ण रुपमा तयार रहेको उनले बताए । निर्वाचन केन्द्रहरूमा कुनै किसिमको धाँधली भएको सुचना पाए लगतै सुरक्षा समितिले तुरून्तै कारवाही गर्ने प्रमुख जिल्ला अधिकारीले
प्रतिवद्धता गरेका छन ।
सिमानाकामा राज्यको अनुमतिबाटै संचालनमा आएको मदिरा पसल निर्वाचनको ७२ घण्टा अगाडी बन्द गराईने उनले बताए । सुरक्षाको मध्ये नजर गर्दै भारतीय समकक्षीहरुसंग समन्वय गरी सिमानाकामा कडाइ गरिने उनले बताए ।
सञ्चारकर्मीहरु संवेदनशील क्षेत्रमा रिपोटिङ्ग गर्न जादा सुरक्षाको दृष्टिकोणले हामीसँग समन्वय गरेर जादा केही आईपर्यो भने समयमै सुरक्षा दिन सक्ने उनले बताए । पैसा बाॅडेको, समाजिक संजालमा निर्वाचनमा असर गर्ने गतिविधिहरू समयमै जानकारी गराई दिदा कारवाहीको घेरामा ल्याउने मिश्रले बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन अधिकृत शम्भु कुमार बस्नेत, क्षेत्र नम्बर २ निर्वाचन अधिकृत किरण कुमार सिह र क्षेत्र नम्बर ४ निर्वाचन अधिकृत गम्भीर घिमिरे, जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह, प्रहरी उपरिक्षक नरेन्द्र कुंवर, सशस्त्र प्रहरी उपरिक्षक खुमबहादुर केसी, रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्री ,राष्ट्रिय अनुसन्धान कार्यालयका उप निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन अधिकारी नविन चौधरी, नासु मुकेश कुमार सिंह, विभिन्न संचारगृहका सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।






