कांग्रेसका ११० जना समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका ११० जना समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक भएको छ। निर्वाचन आयोगले आइतबार राति समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको हो।

कांग्रेसबाट खसआर्य क्लस्टर पुरुषतर्फ पहिलो नम्बरमा अर्जुननरसिंह केसीको नाम छ भने महिलातर्फ सुशीला ढकाल आचार्यको नाम रहेको छ।

यस्तै आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ भीष्मराज आङदम्बे छन् भने महिलातर्फ गीताकुमारी सेन्दाङको नाम रहेको छ। मधेसी पुरुषतर्फ मोहनचन्द्र यादव र महिलातर्फ निनु कर्णको नाम रहेको छ।

यस्तै थारू क्लस्टको पुरुषतर्फ मिनराज चौधरी र महिलातर्फ प्रमिलाको नाम बन्दसूचीको पहिलो नम्बरमा छ। दलित क्लस्टरको पुरुषतर्फ मानबहादुर नेपाली र महिलातर्फ हरिनादेवी कामी पहिलो नम्बरमा छन्।

यस्तै मुस्लिम क्लस्टरको पुरुषतर्फ जमिल अख्तर मियाँ र महिलातर्फ शाहजान खातुन पहिलो नम्बर छन्।

कांग्रेसको समानुपातिक उम्मेदवारको सूची:

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु