१६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार (आज) प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदै छ । आगामी २१ फागुनका लागि निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगसमक्ष विभिन्न दलले उम्मेदवारी दर्ताका लागि अवधि थप गरिदिन आग्रह गरे पनि आयोगले समयावधि थप नगर्ने भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले उम्मेदवारलाई मनोनयन पत्र दिइरहेका छन् भने उम्मेदवारहरू आफ्नो उम्मेदवारी दर्ता हुने निर्वाचन क्षेत्रतर्फ पुगेका छन् ।

एकजना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र लिएर १० हजार रुपैयाँ धरौटी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद वा भौचर लिएर उम्मेदवारी दर्ता गर्नुपर्नेछ

मंगलबार बिहान १० बजेदेखि कार्यालय समयभित्र कार्यालय परिसर प्रवेश गरेकाहरूले मात्रै उम्मेदवारी दर्ता गर्न पाउने भएकाले आयोगले उम्मेदवारी दर्ताका लागि १३ बुँदे सार्वजनिक जानकारीसहित उम्मेदवारलाई सजग गराएको छ । निर्वाचन आयोगले गत २ माघमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहितका १३ बुँदे जानकारीपत्रअनुसार उम्मेदवारी दर्ताका लागि आउन आयोगले अपिल गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्दे शिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारामलगायत कागजातसहित उम्मेदवारी दर्ताका लागि आउन आग्रह गरेको छ ।

एकजना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र लिएर १० हजार रुपैयाँ धरौटी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद वा भौचर लिएर उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम