जीर्ण सडक बनाउन दुई दिनदेखि सडकमै खाट र ढाट

राजविराज । जीर्ण सडक मर्मतको माग गर्दै विगत दुई दिनदेखि सप्तरीको कठौना–पातो सडकको कुशाहा खण्डमा स्थानीयले सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेका छन् ।

उक्त मार्गको ठाउँ ठाउँमा भएको खाल्डा खुल्टी भर्ने तथा कालोपत्रे गर्ने कार्यमा ढिलाई भइरहेको भन्दै स्थानीयले सरकारको ध्यानकर्षण गराउन सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेका हुन् । जस कारण उक्त मार्गबाट सवारी साधन नचल्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् । शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा आसपासका पालिकाको वासिन्दाका एक मात्र विकल्पको रुपमा रहेको सो मार्गमा विगत १०–१२ वर्षदेखि सडक निर्माणाधीन अवस्थामा छ।

पातोदेखि कठौनासम्मको करीब १८ किलोमिटर लामो सडकको कतिपय स्थानमा अझै कालोपत्रे नभई सडक जीर्ण छ । जसकारण दुर्घटनाको जोखिमसँगै त्यस भेगका जनताका लागि वर्षोदेखि हिलो र धुलो नियती जस्तै बनिसकेको छ । शुरुमा सडक बन्न थालेपछि पक्कि हुने खबरले उत्साहित भएका स्थानीय लामो समय बितिसक्दा पनि कामले गति नलिएपछि निराश भएका छन् । उनीहरुले सरकार र निर्माण कम्पनी बीच सम्झदारी कायम गरेर सडकको बाँकी काम तत्काल शुरु नगरेसम्म आन्दोलन जारी राख्ने अडान लिएको छन् ।

यसअघि पनि पटक पटक आन्दोलन गर्दा सम्बन्धित निकायका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्रतिनिधिले बाँकी रहेका सडक खण्डको कालोपत्रे अबिलम्ब शुरु गर्ने आश्वासन दिएपनि त्यो आश्वासन व्यवहारमा भने लागु हुन नसकेको स्थानीयको गुनासो छ । सडक जाम गर्दा खाल्डा खुल्डीमा ग्राभेल हाल्ने बाहेक अन्य कुनै काम हुन नसकेको भन्दै स्थानीयले लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त सडक चाडो निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब