काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन् । यद्यपि कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय भने सार्वजनिक गरिसकेको छैन ।
यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन जित्दै आएका थापाको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि देशैभरका क्षेत्रहरूमा आन्तरिक गृहकार्य तीव्र पारेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)






