‘शिवांश’को ‘बैँस भुसुक्कै…’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘शिवांश’ आगामी शिवरात्रिमा रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको रिलिज मिति घोषणासँगै नयाँ गीतको भिडियो युट्युबबाट सार्वजनिक गरेको छ ।

लोक लयमा आधारित यो सार्वजनिक गीत ‘बैँस भुसुक्कै…’मा राजनराज सिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । गीतमा प्रेमी र प्रेमिकाले एक अर्कालाई तारिफ गरेका छन् ।

विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ । चलचित्र ‘शिवांश’ १ बाट फागुन हुने भएको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । निर्मातामा अञ्जना केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहेको छ भने कोरियो ग्राफर विक्रम चौहान छन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु