यस्तो थियो करिनाले बनाएको १३० पहिरनको रेकर्ड

मुम्बई । बलिउडका ठुला बजेटका चलचित्रहरूमा प्रायः तिनीहरूको भिएफएक्स, भव्य सेटहरू तथा विदेशी स्थानहरूमा छायांकन गर्ने काममा ठुलो बजेट खर्च गरिन्छ । केही चलचित्रले पहिरनमा पनि खर्च नगर्ने हैनन् । तर एउटा चलचित्र यस्तो थियो, त्यो चलचित्रमा सबैभन्दा बढी खर्च अभिनेत्रीको पहिरनमा भएको थियो । यस चलचित्रका निर्देशकले नायिकालाई केवल दुई घण्टामा १३० थरीका विभिन्न पहिरनमा सजाएका थिए । जसमा निकै महँगा कपडाको प्रयोग गरिएको थियो । चलचित्रको छायांकन स्थलको लागि दिनु पर्ने भाडा भन्दा धेरै नै महँगो यसमा नायिकाको पहिरनमा परेको थियो ।

यो बलिउड अभिनेत्री करिना कपुरको प्प्रसंग हो । उनले बलिउड चलचित्र ‘हिरोइन’मा बनाएको नयाँ रेकर्ड अहिलेसम्म पनि कुनै चलचित्रले तोड्न सकेका छैनन् । उनले एउटा दृश्यमा प्रयोग गरेको कपडाले सानोतिनो सो रुम नै तयार हुने अवस्था सृजना भएको थियो ।

‘हिरोइन’को एउटा महत्त्वपूर्ण दृश्यमा करिनाले धेरै छोटो समयमा १३० भन्दा बढी पहिरनहरू परिवर्तन गर्नु पर्ने थियो । जसको लागि उनले आफ्नो घरमा चाँडै कपडा लगाएर खोल्ने अभ्यास पनि गर्नु परेको थियो । उनले यो कार्य चलचित्रको छायांकनको क्रममा क्यामेराको अगाडी दुई घण्टामै सम्पन्न गरेकी थिइन् । जुन आफैँमा एक रेकर्ड समेत बनेको थियो । सो दृश्यमा प्रयोग गरिएको केही कपडाको मूल्य १.५ करोड लाख रुपैयाँ भन्दा माथि थियो । मुम्बईका सबै भन्दा महँगा कपडाहरू यो छायांकनको लागि खरिद गरिएको थियो ।

अभिनेत्री करिना पनि त्यो क्षण आफूलागि चुनौतीसँगै कष्टकर भएको सम्झना गर्छिन् । तर अहिलेसम्म पनि ‘हिरोइन’बाट सर्वाधिक कपडा प्रयोग गर्ने बलिउड नायिकाको अनौठो रेकर्ड कायम गर्न पाउँदा त्यतिकै खुसी लाग्दै आएको यी अभिनेत्रीको कथन छ ।

करीनाले यो चलचित्रमा एक शीर्ष स्टार कलाकार ‘माही अरोरा’को भूमिका निर्वाह गरेकी थिइन्, जसको लागि उनको लुक र शैली कथाको लागि महत्त्वपूर्ण थियो । त्यसै पनि करिना कपूरलाई बलिउड फेसन आइकन भनिने गरिएको छ ।

यो चलचित्र रिलिज भएपछि ‘हिरोइन’मा उनले गरेको नवीनतम फेसनको प्रयोगले उनलाई ‘फेसन आइकन एक्ट्रेस’को ट्याग दिलाएको थियो । अहिले पनि उनलाई फेशन सोहरूमा जाँदा यही ट्यागले सम्बोधन गर्ने क्रम जारी छ । हुन पनि कुरिनाको लुक, हेयरस्टाइल र मेकअप ट्रेन्डहरू प्रायः प्रशंसकहरूले पछ्याउँदै आएका छन् ।

चलचित्रको एउटा दृश्यमा निर्देशक मधुर भण्डारकरले ग्लैमर र यथार्थवादको मिश्रण प्रदर्शन गर्नको लागि यस्तो गरिएको थियो । जसका लागि मधुर भण्डारकरले कुनै सम्झौता गरेनन् । उनले कथा र पात्रहरूमा मात्र ध्यान केन्द्रित गरेनन् । फेसनको संसारमा दर्शकलाई सम्मोहित तुल्याए । साथै कुरिनाको प्रत्येक ‘अन–स्क्रिन लुक्स’ले एक सुपरस्टारको जीवनलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्ने कार्य सुनिश्चित गरे । यो चलचित्रको रिल लाइफमा पनि, करिनालाई एक वास्तविक नायिकाको रूपमा चित्रण गरिएको थियो । यसरी सर्वाधिक कपडा प्रयोग गरेको दृश्य त्यति बेला अत्यधिक प्रशंसित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु