वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राती पौने ११ बजे १८ जना डिस्चार्ज भएका छन् । योसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २९ पुगेको थियो । सोमबार अस्पतालमा भएका ४४ संक्रमित पनि सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि डिस्चार्ज गरिने भएको हो ।
सबैको रिपोर्ट दुई पटकसम्म नेगेटिभ आएकोले एकै पटक ४४ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितक कुमार बस्नेतले पनि सोमबार अबेरसम्म सबै जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको बताए ।
उपचार गराइरहेका संक्रमित मध्ये नारायणी अस्पतालमा भएका सबैको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई पनि सोमबार पनि डिस्चार्ज गर्ने भएको उनीहरुको भनाइ छ । यो भन्दा अगाडी गएको बैशाख १४ गते ४ जना, जेठ १० गते शनिबार ९ जना संक्रमित र आइतबार राती १० बजेर ४५ मिनेटमा २ महिने शिशुसहित १८ जना डिस्चार्ज भइसकेका छन् । तर उनीहरु मध्ये सुरुको ४ जना मध्येबाट पुनः २ जना अस्पताल भर्ना गरिएकोले गएको जेठ १० गते शनिबार उनीहरु पनि ९ जनामा डिस्चार्ज गर्दा परेको अस्पतालले जनाएको छ ।
ईद पर्वमै डिस्चार्ज
नारायणी र गण्डक अस्पतालमा गरी कुल ९६ जना संक्रमित उपचार गराइरहका मध्ये शनिबार मध्यान्ह नारायाणी अस्पतालबाट ९ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । आइतबार अबेर १८ जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ईदको पर्वका समयमा उनीहरुलाई घरमा नै जान पाउने गरी राती नै डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने सबै मुस्लिम समुदायका सदस्य रहेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालकै नामले अस्थायी रुपमा संचालित गण्डक अस्पतालमा रहेका २९ जना वाहेक सोमबार नारायणी अस्पतालका चाही सबै डिस्चार्ज भइसकेको नारायणी अस्पतालले जनाएको छ ।
पर्सामा संक्रमित ९५
पर्साको नारायणी र नारायणी अस्पतालकै अस्थायी नामले संचालित गण्डक अस्पताल दुवैतर्फ गरी ६२ जना संक्रमित रहेकोमा सोमबार थप दुई जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये काठमाण्डौ घर भई बारामा कार्यरत एक जना सुरक्षाकर्मी भएकोले पर्साको आइसोलेशनमा एकजना थप हुँदा ६३ जना हुँदै गरेको संख्या मध्यान्ह पछि ४४ जनाको रिपोर्ट दोस्रो पटक नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिने भएको छ । यत्रो संख्यामा एकै पटक डिस्चार्ज हुने भएपछि पर्सामा अब कुल २८ जना मात्र बाँकी रहने जनाइएको छ ।