स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जाबाट ६ स्वतन्त्र सहित १२ राजनीतिकदलले उमेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र उमेदवार सहित १२ राजनीतिकदललका २२ जना उमेदवार चुनावी मैदानमा उत्रेका हुन् । दुई क्षेत्र रहेको स्याङ्जामा फागुन २१ गते हुने निर्वाचनका लागि २८ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्याङ्जा क्षेत्र नम्वर १ बाट १३ जनाले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नम्वर २ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नम्वर १ मा २ जना स्वतन्त्र उमेदवार र क्षेत्र नम्वर २ मा ४ जना स्वतन्त्र उमेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । यो पटकको निर्वाचनमा भर्खरै स्थापना भएको उज्यालो पार्टी र श्रम संस्कृति पार्टीले समेत उमेदवारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार क्षेत्र नम्वर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी, नेशनल रिपव्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ्, मंगोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ्, नेपाली काँग्रेसबाट भरतराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुम बहादुर राना, स्वतन्त्रबाट अशोक बिष्ट र मनोज नेपाली दर्जी, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, स्वतन्त्र उमेदवार दिलिप श्रेष्ठ, स्वतन्त्र उमेदवार खिमबहादुर क्षेत्री, नेपाली काँग्रेसबाट भागवत प्रकाश मल्ल, स्वतन्त्र उमेदवार घनश्याम पाण्डे, जय मातृभुमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपव्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजान्तत्र पार्टीबाट रविन पाठक, नेकपा एमालेबाट खिमबहादुर थापा, स्वतन्त्र उमेदवार सागर थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट टिकाराम रेग्मीले उमेदवारका लागि मनोनयन दर्ता गरेका छन् ।
बिहान १० बजेबाट मनोनयन शुरु भएर ५ बजे सकिएको थियो । क्षेत्र नम्बर १ का लागि जिल्ला सदरमुकाम पुतलीबजार र क्षेत्र नम्बर २ का लागि वालिङमा मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । मुलुकका ठुला राजनीतिकदलको तामझामका साथ उमेदवारी दर्ता गर्न आएका थिए भने साना दलका भने सामान्य रुपमाबाट उमेदवारी दर्ता गर्न निर्वाचन कार्यालय आएका थिए ।






