इलामका दुई क्षेत्र २७ उम्मेद्वार

इलाम । इलामका दुुई निर्वाचन क्षेत्रका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको निर्वाचन क्षेत्र २ मा एक स्वतन्त्र सहित १४ जना र निर्वाचन क्षेत्र न १ मा १३ जना गरी २७ जनाको उम्मेदवारी दर्ता भएको हो ।

३२ देखि ६८ वर्ष, तीन महिला एक स्वतन्त्र उम्मेद्धार

जसमा ३ जना महिला रहेका छन भने ३२ वर्ष देखि ६८ वर्ष उमेरका उम्मेद्धार रहेका छन । २७ उम्मेदवारमध्ये तीन जना महिला र बाँकी पुरुष उम्मेदवार छन् । जसमा इलाम निर्वाचन क्षेत्र नं. १ मा राप्रपाबाट ज्वाला नेपाल र नेपाल मजदुर किसान पाटीबाट तुल्सी केशरी प्रजापति रहेका छन भने इलाम निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बु गरी तीन जना महिलाको उम्मेद्धारी परेको हो ।

सबैभन्दा कम उमेरका उम्मेद्धार इलाम निर्वाचन क्षेत्र नं. दुईका रास्वपाका गोकुल राई ३२ वर्ष र सबै भन्दा बढी उमेर ६८ वषैका नेकपा माओवादीका होम प्रसाद खतिवडा रहेका छन ।

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका भेषराज आचार्य, नेपाली कम्युनिष्ट पाटीका ओमबहादुर गुुरुङ, नेपाल जनमुक्ति पाटीका यामबहादुर योङहाङ, राप्रपाका गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पाटीका दिवस राईको उम्मेद्धारी दर्ता भएको हो । त्यस्तै श्रमसंस्कृति पाटीका सुदिप राई, मंगोल नेशनल पाटीका श्याम लिम्बुु, नेकपा माओवादीका होमप्रसाद खतिवडा, जनता समाजवादीका बलबहादुर आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पाटीका गोकुुल राई र स्वतन्त्र उम्मेद्धार डाक प्रसाद गौतम गरि १४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै इलाम क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा निर्वाचनमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसबाट निश्कल राई, नेकपा एमालेबाट काजीमान कागते, नेपाली कम्युनिस्ट पार्टीबाट रण बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उज्वला नेपाल, नेपाल मजदुर किसान पार्टीबाट तुलसी केशरी प्रसाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल गदालले उम्मेद्धारी दर्ता गराएका हुन ।

त्यस्तै श्रम संस्कृत पार्टीबाट विनोद नेम्बाङ लिम्बु र उज्यालो नेपाल पार्टीबाट हरि बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट बुद्ध लाल मेचे, नेपाल जनमुक्ति पार्टीबाट डम्बर सिंह लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नारदमणी साङपाङ, जनता समाजवादी पार्टीबाट लिला बहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राम प्रसाद लिम्बु गरी १३ जनाको उम्मेद्धारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उम्मेदवारी दिने मध्ये एमालेका सुहाङ नेम्वाङले गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा विजयी बनेका थिए भने नेपाली कांग्रेसका उम्मेद्वार भेषराज आचार्य २०७० को दोस्रो संविधान सभ निर्वाचनमा सुहाङका स्वर्गीय सुुबासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । आचार्यले विगत ४८ वर्ष यता इलाम–२ का लागि आफ्नो राजनीति लगानी रहेको र अब समाज परिवर्तन, विकास र सुसाशनका लागि आफ्नो उम्मेद्वारी दिएको बताए । इलाम दुईमा एमालेर कांग्रेसकै प्रतिस्पर्धा हुँने आंकलन छ ।

उता इलाम १ मा भने अहिले सबै नयाँ अनुहार रहेका छन । २०७९ सालमा सम्पन्न निर्वाचनमा एमालेका महेश बस्नेतले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजीत गरेका थिए भने यस पटक एमालेबाट टिकटनै पाएनन । इलाम–१ मा यसपटक उम्मेद्वारको अनुहार र काम हेरेर पनि नेकपा एमाले, नेपाली कांग्रस र नेपाल कम्युुनिष्ट पाटी बीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक