उदयपुर । आगामी फागुन २१ गते हुन गई रहेको प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा ३१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र २ मा १३ जनाको उम्मेदवारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख मुकेश उपाध्यायका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा १८ जनाको उम्मेदवारी दर्ता गराएका छन । निर्बाचन क्षेत्र १ मा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट देवराज रोका उर्फ कल्याण, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल छन् ।
त्यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट किशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, नेपाली कांग्रेसबाट विदुर बस्नेत, मंगोल अर्गनाइजेशन पार्टीबाट बद्रीविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलाल छन् ।
त्यसैगरी नेकपा माओवादीबाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई र उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङले उम्मेदवारी दिएको उपाध्यायले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तर्फ १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाले जानकारी दिए । जसमा नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, आम जनता पार्टीबाट बमबहादुर मगर, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई (हिमाल) श्रम संस्कृति पार्टीबाट बलराज राई, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ र नेपाली कम्युनिष्ट पाटीको स्वतन्त्रबाट मेजरकुमार राई उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्नु अघि ¥याली सहित मनोनयन दर्ता गराउँदै र दर्ता गरि सकेपछि बजारमा ¥याली निकाल्दै कोण सभा समेत गरेका थिए ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट दुई जना बागी सहित उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका नेता देवराज रोका उर्फ कल्याणले नेकपा एमालेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पाटीका नेता तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष पदबाट राजिनामा दिएर मेजरकुमार राईले नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
राईले लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर बागी उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’ र क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई आधिकारिक उम्मेदवार छन् । दुवै बागी उम्मेदवार यस अघि पार्टीको आधिकारिक टिकटको दाबेदार थिए । नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य रहेका रायमाझी २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालिन नेपाली काँग्रेस, नेकपा माओबादी र समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका उमेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका थिए ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै रायमाझीले क्षेत्रनं २ को समृद्धका लागि तयार पारेको रोडम्याप अधुँरो रहेकाले पुरा गर्न उम्मेदवारी भएको बताए । उनले भने, “विकासको हिसावले पछि परेको उदयपुर क्षेत्रनं २ को समृद्धीका लागि ३० महिनाको कार्यकालमा निकै काम गरेपनि रोडम्याप अनुसार अझै धेर काम अधुँरै रहे, ती जनतासँग गरेका वाचा पुरा गर्न यो पटक पार्टीले फेरी उमेदवार बनाएको छ ।
“क्षेत्रनम्बर २ को विकासको मेररुदण्ड भनेकै सिरहाको मिर्चैया–कटारी–घुर्मि पक्की सडकदेखि लिएर मुर्कुची–माझखर्क–कुनौली–खोटाङ्गको हलेसीसम्म जोड्ने सडक पहिलो प्राथमिकता हो, रायमाझीले भने, “मुख्य सडकसँगै थुप्रै साना सडकहरुको वजेट विनियोजन गरी ठेक्का प्रकृया अघि बढेका छन्, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारका क्षेत्रमा पनि उल्लेखिय काम हुँदा हुँदै विचैमा कार्यकाल व्रेक भयो ।
उनले भने, “नगरपालिकासहित पाँच वटै स्थानीय तहका ४४ वटा वडा कार्यालय जाने सडक, स्वास्थ्यचौकी, विद्यालय, विजुलीवत्तिको काम सम्पन्न भएको छ, छिटफुट वाहेक खानेपानी योजनापनि सम्पन्न भएका छन्, अवको काम भनेको पक्की सडक, कृषि, स्वास्थ्य र रोजगारी रोडम्याप हुन् ।






